सत्ता र कविता
जगन्नाथ पाैडेल, अमेरिका
२०७७ माघ २३ गते १:१६ मा प्रकाशित

ऊ आयाे
मैले चुह्लो फुक्न बिर्सेर
जाेरिबसेका
कविताका मुठा फुकायाे
सलाईकाे काँटी झाेस्याे
बन्दुककाे बारुद ठाेस्याे
तर
कविता मरेनन्
ठिङ्ग उभिए
उसले
आफ्नै आगाेमा जल्नुअगाडि साेच्याे,
कविता त
डरलाग्दाे भूत पाे रहेछ ।
-जगन्नाथ पाैडेल, अमेरिका
प्रतिक्रिया