म त आजकल व्यस्त छु
म भित्रको मेरो खोजीमा छु
म आफुलाई खोतल्दै छु
तिमी मलाई चिन्छौ भन्छौ तर
म भित्रको मेरो बारेमा के थाहा ?
ती सबै तिम्रो प्रदूषित दिमागको
उपज मात्र हो नी नत्र मैले नै
मलाई खोजी रहेको बेला मा
तिमिले म रूपी किताबको
गाता कै भरमा व्याख्या गर्छौ ?
म त भन्छु म तिम्रो लागि त्यो
किताब हूँ जुन किताब तिमीले
पाना सम्म पनी पल्टाएका छैनौ
बाहिरी आवरण र भित्रका कुरा
पटकै मेल खाएको छैन भन्छु
तिमी तिम्रो गुण बैगुन बताउन
अर्काको बारेमा टिप्पणी होईन
तिमिले बुझेको म रूपी किताब
तिमिले साच्चै पढेकोमा शंका छ
मैले म भित्रको म बल्ल खोज्दै छु
बिस्तारै बिस्तारै टटोल्दै छु अहिले
तिमि, तिमि भित्रको तिमि चिन्न
म भित्रको म तिम्रो बसको कुरा छैन
म, म भित्र को म टटोल्दै छु
मैले म भीत्रको मलाई चिन्दै छु
बल्ल मेरो ओस लागेको खुसी भेटे
भिजेका सपना अझै आलै भेटे
त्यो चंचल बालापन बल्ल भेटे
भन्छौ तिमिले मलाई चिन्छौ
मेरो नक्कली हासोको भित्रको
मेरा भिझेका आँखा देख्यौ र ?
मेरो एकान्त अनि एकलोपनको
छटपटाहट देखेको छौ किक्या हो
मेरो सुनसान सन्नाटाको चीत्कार
सुनेको थियौ कि कुनै दिन
मेरा ती भित्र अनगिन्ती सपना
जुनकहिले पूरा नभएता पनि
अझ सम्म मेरो मन तन बाट
नछूटेका अनगिन्ती भावहरु
तिमीले कहा देखेको छौ त
मेरा इच्छा अनि चाहनाका
थुप्रै मैले बोकेका झोलाहरु
तिमीले कहाँ देखेको छौ र
आजकल म,मै मा हराउदैछु
आफु भित्रको त्यो अल्लडपन
संग सुसेलीको धुनमा मस्त छु
आफै भित्रका खुसि संग मितेरी
लगाउने जमर्को गर्दै छु म
म आफू आफ्नै खोजी मा छु
आफ़ुले आफु पाउनु को मज्जा
तिमीले अरुलाई चिनेर कहाँ हुन्छ
म, म भित्रको म संग आनन्दित छु
म , म भित्र मलाई भरखर भेट्दै छु
म भित्रको मेरो खोजीमा तल्लीन
आजकल म ,म मै हराउदै छु !!!
भावना बिष्ट
सेलम ,मैसचूसेट्स अमेरिका
प्रतिक्रिया