धेरै पछी देखें मैले पुरानो त्यो फोटो।
फोटो भित्र रहेको गहिरो मनको धोको।।
फोटोहरुले छोपिएको एउटै त्यो फोटो।
सजाको थिएं मन भित्र खप्टिएको खोटो।।
फुर्सद खोजी हेरी बस्थें पुरानै त्यो फोटो।
फोटो भित्र रहीराको सम्झनाकोे पोको।।
माकुराले जालो उन्यो बल्झि जाने गाँठो।
खप्टिएको फोटोमा छ अल्झि रहने पासो।।
बिर्सिन्छु कि।हुन्छ हठास् लोभी मनले संधै।
खुलदुली भो फोटो कतै धमिलिन्छ कि बरै।।
धुलो धब्बा पुछिवरी फेरि सजाएर टाँगे।
मनमनै हृदयको बह सबै बटुलेर साचें।।
हजुर बुबा जिक्किर बक्स्यो हटाउन फोटो।
आँखा रुझ्यो भुस्सिएर गुम किम्मती फोटो।।
थकथक भो सबको सुनेर फोटोकै गनगन।
हराए कि लुकाए कसैले बसेन मेरोे मन।।
धेरै पछी देखें मैले पुरानो त्यो फोटो।
फोटो भित्र रहेको गहिरो मनको धोको।।
-अलका मल्ल,काठमाडौं
प्रतिक्रिया