रमेश प्रसाईले गरे बिहे

इनेप्लिज २०७७ मंसिर २२ गते १२:०५ मा प्रकाशित

नेपाल र बिश्वभर नेपाली समुदायमा अत्यन्तै चर्चित बहु प्रतिभाशाली ,कार्यक्रम प्रस्तोता ,प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । काठमाडौँ कालिमाटीकी नन्दा सिंहसँग उनको बिहे भएको हो ।

रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौँमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।

बिगत ३ वर्षदेखि प्रेममा परेका रमेशको आज बिहे भएको छ । उनले आफ्नै शहर धरान कै वडा नं १ स्थित उद्योग वाणिज्य संघको पार्टी प्यालेसमा उनको विवाहको समारोह आयोजना गरिएको थियो ।

बिहेमा बेहुला र बेहुलीको तर्फबाट मानिसहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया