महिला अध्यक्ष पुनम गुरुङको नेतृत्वमा रहेको एन आर एन युकेले नेपाल भारत सिमाना चुनौती र यथार्थ भन्ने ऐतिहासिक विषयमा आज भर्च्युल कार्यक्रम आयोजना गर्यो। एन आर एन युकेकी अध्यक्ष पुनम गुरुङ्को अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको भुमि व्यवस्था गरीवी निवारण मन्त्रि पदमा अर्याल,प्रोफेसर डा सुर्य सुबेदी,एन आर एन अध्यक्ष कुमार पन्त,लगायत एन आर एन अध्यक्ष पुनम गुरुङ मुख्य आकर्षण हुनुहुन्थ्यो।यस वृहत कार्यक्रमको बिषय गहन र चाखलाग्दो भएर ठुलो सहभागिता थियो तर सिमित संख्या मात्र सहभागी हुन पाउनाले धेरै दर्शकहरु र आगन्तुक हरु फेसबुक प्रत्यक्ष प्रशारण हेर्न बाध्य भए।
कार्यक्रमको सुरुवात एन आर एन युके कि उपाध्यक्ष रोजिना राई प्रधान ले स्वागत भाषण बाट भएको थियो भने कार्यक्रमको सहजकर्ता एनआरएन युकेका महाचिब फडिन्द्र भट्टराईले गर्नु भएको थियो।
नेपाल भारत सिमानाको बिषय मा इतिहास तिर फर्किदा सीमा क्षेत्र ऐतिहासिक रूपमा भारतमा बेलायती शासनको अवधिमा यस बिषयले आधुनिक रूप लिएको देखिन्छ । १८ औं शताब्दीको अन्ततिर नेपालले राज्य विस्तार अभियान सुरू गर्यो, जसको कारण नेपाल र बेलायती इस्ट इंडिया कम्पनि संगहरू सँग द्वन्द्वमा पुर्यायो र एग्ंलो -नेपाल युद्धमा परिणत भयो।अन्त्यमा सुगौलीको सन्धि बाट यसलाई बेलायतको ठूलो भूमि जग्गामा परिचालन गर्न बाध्य पारियो, जसले आधुनिक भारत र नेपाल सिमांकन गरियो।तराई क्षेत्रको व्यवस्थापन गर्न गाह्रो भएकोले बेलायतीहरूले यसको केही अंश मात्र नेपाललाई फर्काए।भारतले १९४७ मा स्वतन्त्रता पाएको तीन बर्ष पछि उसले नेपालसँगको मित्रता सन्धिमा हस्ताक्षर गर्यो, जसद्वारा दुबै देशहरू एक अर्काको क्षेत्रीय अखण्डताको सम्मान गर्न सहमत भएका थिए। त्यस बेलादेखि सम्बन्धहरू धेरै हदसम्म सौहार्दपूर्ण हुँदै आएका थिए तर यद्यपि धेरै सीमा विवादहरू रहेका थिय नै ।यहि सिमा विवादका कारण समय समयमा सीमा मा तनाब त कहिले काही भारतले नेपाललाई नाकाबन्दी पनि गरेको छ। पछिल्लो समय भारतले नेपाली भुमि लिपियाधुरा र लिपुलेक मिचेर नक्शा सर्बजिनिक गरेपछि यो बिषय जटिल बन्यो तर नेपाल सरकारले छानबिन टोलि गठन गरी लिपियाधुरा र लिपुलेक आफ्नो दाबी गरि नया नक्शा जारी गरी सो नक्शा अन्तर्राष्ट्रिय समुदायमा पेश गरेको थियो।यस महान कार्यलाई अलिकति पनि विचलित नभई कार्यान्वयन गर्ने व्यक्ति नेपाल सरकारको भुमि व्यवस्था गरीवी निवारण मन्त्रि पदमा अर्याल हुनुहुन्थ्यो।जब जब नेपाल भारत सीमाको विवाद उठछ त्यस बिषयमा डटेर विभिन्न देशमा रहेका भारतीय दुताबास र नियोगमा विरोध गर्ने प्रदर्शन गर्ने गैर आवासीय नेपाली नै हुन् र पछिल्लो पटक पनि यसको अगुवाई एनआरएन यु के ले नै गरेकोले यस विषयको अध्यावधी गर्न आज जुम मार्फत यस कार्यक्रमको आयोजना गरिएको थियो।
यस कार्यक्रमका प्रमुख आकर्षण रहनु भएका प्रा डा सुर्य सुबेदी जो नेपालको एक ग्रामिण भेगमा जन्मिएर पनि कानुन बिषयमा विद्या वारिधि गरी संयुक्त रास्ट्र संघ को मानबधिकार दुत बन्ने पहिलो नेपाली हुनुहन्छ र विभिन्न बिषयमा दक्षेता हासिल गर्नु भएका डा सुबेदीलाई आज एनआरएन युकेले सम्मान समेत गरिएको थियो।
अग्रजलाई सम्मान गर्दै पूर्व अध्यक्ष तथा संरक्षक महेन्द्र कंडेलले संसारभरी नै देश देश बीच रहेको छिमेकिसंग सिमा समस्यालाई निश्चित रुपमा आधुनिक तबरले समाधान गरेको तर नेपालमा चाही नेपाल भारतको सिमा समस्याले राजनैतिक रुप लिएको विचार व्यक्त गर्नुभयो। नेपाल सरकारले सिमा समस्यालाइ आफ्नो अनुकुल राजनैतिक मुद्दा नबनाई अन्तर्राष्ट्रिय समुदायमा लागि लबिङ्ग गर्नु पर्ने विचार व्यक्त गर्नुभयो। एनआरएन अध्यक्ष कुमार पन्तले भुमि विवाद सुरु भएदेखि नै गैर आवासीय नेपाली संघ जहाँ रहेर पनि भुमि फिर्ता ल्याउन सदा सर्वदा प्रतिबद्ध रहेको जानकारी दिनु भयो साथै प्रा डा सुबेदिले नेपाल भारत भुमि विवादमा दिनु भएको योगदान र गैर आवासीय नेपाली संघको बिधान निर्माणमा दिनु भएको योगदानको प्रशंशा गर्दै धन्यवाद ज्ञापन गर्नु भयो।
बोल्नेक्रममा प्रा डा सुबेदीले एनआरएन अध्यक्ष पुनम गुरुङ र आइ सिसि सदस्य रामशरण सिम्खडालाई कार्यक्रममा निमन्त्रणा दिएकोमा धन्यवाद दिनुकै साथै माननीय मन्त्री पदमा अर्याललाई नया नेपाली नक्शाको लागि उहाको भूमिकाको प्रशंशा गर्नुभयो। प्रा डा सुबेदीले अक्सफोर्ड विश्वविद्यालयले उहाको नाममा स्थापना गरेको छात्रवृति को बारेमा जानकारी दिनुको साथै गैर आवासीय नेपालीहरुले राजनैतिक रूपमा निस्पक्ष रही देश बिकाश गर्न अघि बढ्नु पर्ने र दोहोरो नागरिकता विवादको समाधान गर्न नेपाल सरकारका सरोकारवालाहरु संग सहकार्य दुरदर्शी रूपमा गर्न आह्वान गर्नु भयो।साथै आफ्नो एनआरएनमा रहेको भूमिकाको बारेमा बोल्दै अक्सफोर्ड विश्वविध्यालयमा नेपाली भाषा प्रबर्धन गर्न कोष स्थापनाको लागि पहल गर्न समेत आहवान गर्नुभयो।गैह आवासीय नेपाली संघले बिदेशी नागरिकता लिएको नेपाली मुलका व्यक्तिहरुलाई उक्त देशको राजनीतिमा प्रवेश गर्न सघाउ पुराउनु पर्ने विचार समेत व्यक्त गर्नुभयो।नेपाल भारतको सिमा विवादमा अन्तरास्ट्रिय कानुनको सहरा लिने वा वार्ताबाट समाधान हुन नसकेमा प्रमाणको आधारमा अन्तरास्ट्रिय कानून र अभ्यास हेर्नु पर्ने तर नेपालले आफ्नो भुमि फिर्ता पाउन सम्भब भएकोमा आफु आशावादी रहेको र आफुले सहयोग गर्न तयार रहेको बताउनु भयो।
कार्यक्रमको प्रमुख अतिथि माननीय मन्त्रि पदमा अर्यालले नेपाल भारतको सिमा विवादमा आफु मन्त्रि भएपछि नेपालको नक्शा त्रुटीपुर्ण रहेको र आफुले अनुसन्धान गर्न लगाएको र त्रुटिपूर्ण नक्शा बारेमा अध्ययन गरी प्रतिस्थापित गरेको जनाउनु भयो।बोल्ने क्रममा मन्त्री अर्यालले भन्नुभयो,” सबै कुरा साट्न मिल्ने तर छिमेकी साट्न नमिल्ने र असल छिमेकी नपरे सधै दुख हुने र नेपालले त्यही दुख भोगेको” प्रस्ट पार्नु भयो।तिन महिना लगाएर प्राबिधिक टिमको सहयतामा उक्त नया नक्शा जारी गरेको जानकारी दिनु भयो।साथ साथै मन्त्री अर्यालले एनआरएन लाई नेपालमा लगानी गर्न समेत अनुरोध गर्नु भयो भने अध्यक्ष पुनम गुरुगंको नेतृत्व र क्षमतालाई खुलेर प्रसंशा गर्नुभयो।
कार्यक्रमलाई समापन गर्ने क्रममा एनआरएन युकेका उपाध्यक्ष सुनिलबाबु खड्काले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रमको समापन गर्दै अध्यक्ष पुनम गुरुङले आफु नेपालको समृद्धि, नेपालभारत सिमा समस्या देखि हरेक दैवी प्रकोपमा समेत आफुहरुको साथ रहने प्रतिबद्धता जनाउनुको साथै देश विकासमा सहभागी हुन समेत अनुरोध गर्नु भयो र गैर आवासिय नेपालीले नागरिकता पाउनुपर्नेमा जोड़ दिनुभयो।साथै एनआरएनमा एक निस्पक्ष नेपाली रहेर सामाजिक सेवामा लाग्न सबैलाई अनुरोध गर्नु भयो।कार्यक्रम सफल पार्न सहयोग गर्ने महासचिव फणिन्द्र भट्टराई,आइसिसी सदस्य रामशरण सिंखडा, आइसिसी सदस्य भक्त गुरुगं, संरक्षक सुर्य गुरुगं र पुर्व अध्यक्ष तथा संरक्षक महेन्द्र कंडेललाई धन्यवाद दिनुभयो।
केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ लगायत बिभिन्न एनसीसी अध्यक्ष तथा अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।साथै यस कार्यक्रममा संसारभरका एनआरएन अभियन्ताहरु,पत्रकारहरु,विभिन्न संघसस्थाका पदाधिकारीहरुको सहभागिता थियो।
बाबा राजेश्वरी थापा
भियना,अस्ट्रिया
प्रतिक्रिया