गोरखा समाज फ्रान्सद्वारा गोरखामा फूटवल प्रशिक्षण मैदान निर्माणको लागि आर्थिक सहयोग

रन्जित भट्ट २०७७ मंसिर ११ गते १४:१२ मा प्रकाशित

रन्जित भट्ट । गोरखा नगरपालिका दलभञ्ज्याङस्थित द ओसन क्लवको फूटवल प्रशिक्षण मैदान निर्माणका लागि गोरखा समाज फ्रान्सले आर्थिक सहयोग गरेको छ ।

क्लवको आर्टिफिसियल ट्रफ अर्थात कृत्रिम घाँसे मैदान निर्माणका लागि समाजले १ लाख ११ हजार ४ शय ५० रुपैयाँ संस्थागत सहयोग उपलब्ध गराएको हो ।भोलिको दिनमा गृह जिल्ला गोर्खा लगाएत देश भरी सहयोग गर्ने अठोट गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले गर्नु भएको छ।

सहयोग रकम गोरखा समाज फ्रान्सका महासचिव राजेन्द्र श्रेष्ठले द ओसन क्लव कृत्रिम घाँसे मैदान निर्माण ब्यवस्थापन समितिका संयोजक नविन पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।

क्लवले प्रशिक्षण मैदानमा आर्टिफिसियल टर्फ बिच्छ्याइ सकेको छ। मैदान तयार भैसकेको भएता पनि आधिकारिक रुपमा भने अर्को महिनाबाट सुचारु गर्ने र प्रशिक्षण भने अर्को हप्ता बाटनै सुरु गरिनेछ।

कोरोना कहरको बेला काम गर्न गाह्रो भएता पनि ट्र्स्ट चीनबाट र अन्य सामाग्री स्थानीय तहबाट नै जुटाइएको छ। मैदानको लागि ८ लाख प्रदेश सांसद कोष बाट र १२ लाख गोर्खा नगरपालिकाबाट बिनियोजन गरिएको थियो।

मैदानको उदेश्य भबिस्यमा खेलाडिहरुलाई प्रशिक्षण दिने केन्द्रको रुपमा स्थापित गरिने छ। उक्त कार्यका लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरिएको क्लवका अध्यक्ष अमित खत्रीले बताउनु भयो ।

प्रतिक्रिया