याे
हल्लाहरुले डेसिबलकाे लेबल पार गरेपछि काे समय हाे
लडाइँ अस्तित्व कै भईसकेपछि
हुन्छन् अचम्महरु काेहिबेला
भयाे यस्तै
आज भान्साघरबाट निस्कियाे
एउटी गृहिणीकाे चुनावी घाेषणापत्र
प्रतिबद्धता नं १.
हरेक विहानै चल्ने
प्रेसरकुकरकाे सिट्ठीआन्दाेलनलाई
आगाे ओझाएर
सम्बाेधन गरेपछि
मेराे भान्साकाे देशमा
खाद्य सम्प्रभूताकाे हक
लागू गराउन अभ्यस्त व्यक्ति हुँ म
प्रतिबद्धता नं २
पैंचाेले अभावलाई
पर सारेपछि
पर्मले सहभागितालाई
सँगसँगै नारेपछि
समताकाे अभ्यास गर्न अभ्यस्त भएकि छु म
प्रतिबद्धता नं ३.
ताेरी पेलाएर चाैतारीमा सुस्केरीँदा
बडेभैयाकाे ठेलामा
खाएकाे छाेलाकाे हिसाब
घर आए लगत्तै बुझाएपछि
गजुर झैं उँचो छ मन
ईमानदारी र पारदर्शिताकाे
पर्याय हुँ म
प्रतिबद्धता नं ४-
किरिया सारेर
विहे गराईएकी हाे छाेरी
आमाबाबु भेट्न
औशी पर्खनु हुँदैन भन्छे
सासू-ससुरा भेट्न
रित्तै फर्कनु हुँदैन भन्छे
सुशासनको पुस्ताहस्तान्तरण
सहि ढंगले गराउने सामर्थ्य
राख्ने मान्छे हुँ म
प्रतिबद्धता नं-५
सह अस्तित्वमा विश्वास गर्छु
नामेट हुन नदिन
कसैकाे पनि अस्तित्व
म मेराे विश्वविद्यालय
मेराे भान्साघरबाट
याे घाेषणापत्र बाेकेर
तपाईंहरुमाझ आएकाे छु
मलाई एक भाेट दिएर
सहयाेग गर्नुस न है।।
नाम:नमूना
ॐ शान्ति चोक,मेचीनगर १०,झापा
प्रतिक्रिया