दशैको आशिष सरल बुझ्ने भाषामा
सुबास ढकाल
२०७७ कार्तिक ५ गते ०:३८ मा प्रकाशित

सुख-समृद्धी सधै होस्
मान्-सम्मान उच्च रहोस
साथ मिलोस अघी बढ्न
सफलता मिलोस किर्ती छर्न
रोग्-शोक नपरोस कहिले
बल-बुद्धी उच्च रहोस जहिले
विघ्न-वाधा नपरोस कहिले
उच्च मनोबल रहोस जहिले
सुकर्म नै बनोस धन
खुशी रहोस सधै मन
शुभ-आशिष मिलोस आजन्म
दुर्गा-भवानी रहुन प्रसन्न
दुर्गा-भवानी रहुन प्रसन्न
प्रतिक्रिया