राजनीति : डा बुनु दाहाल

डा बुनु दाहाल २०७७ कार्तिक २ गते १३:५८ मा प्रकाशित

बन्द झ्याल ढोका बिहिन कोठा
निस्तब्ध अनि अन्धकार भित्र, कोठामा दम दिने स्टोभ
आगन्तुकको स्वागतार्थ राखिएका डोरीका मुढा
अवस्था विषम जटिल र दयनीय !
बिहान बेलुका हात मुख जोड्न धौ धौ को अवस्था

समय एकतमासले अगाडी बढ्छ
राजनीतिक परिस्थितिले कोल्टे फेर्छ
चाटुकारिताको चरम चौखट
कहिले कता कहिले कता को मिलिभगत
न लोकसेवामा प्रतिपर्धा गर्ने क्षमता
न योग्यता दक्षता र अवस्था

बिचरा बिबेकहींन र निरिह जनता
एउटा राजनीतिज्ञले जे भन्यो उतै लाग्ने भिड
केहि आश र केहि त्राश को भुमरीमा रुमल्लिएर
तिनैको पछी लाग्ने हाम्रो अवस्था वा बिबसता ।

जनताको दिमाग भुट्न र देश लुट्न पल्किएका
भ्रष्टाचार र अराजकतामा अल्झिएका
गरिब जनता लाई देखाएर आफु अकुत सम्पति जोड्न तल्लिन
ए नेताज्यू, खै त्यो अतित ?
अनि टाउको निहुरेर पस्नु पर्ने छिडी
आज एक्कासि स्विच अफ अन गर्दा उक्लने सिंढी
अनि रिमोट ले चल्ने गाडी
कहा र के वाट प्राप्त भयो ?

वाहु नेताजी, कति चांडो बिर्सनु भएको ?
त्यो कहाली लाग्दो अतित
अनि आफ्नो धरातल र बिगत

जनतालाई जान्न मन लागेको छ
यत्रो सम्पतिको श्रोत के हो ?
अनि कहाँ बाट आयो ?
राजनीति, व्यवसाय कि समाजसेवा !!
नेता जनप्रिय कि धन प्रिय ?
कृपया बताई दिनु हुन्छ कि ?

 

प्रतिक्रिया