परिवर्तित समय र मागका आधारमा परिवर्तन व्यवस्थापन

राजदेव यादव २०७७ असोज १७ गते १३:०० मा प्रकाशित

विश्वयापी माहामारी कोरोना भाइरस(कोभिड-१९)को संक्रमित संख्या अहिले दिन प्रतिदिन बढ्दै गएको कारण आर्थिक, सामाजिक, प्राविधिक एवम् नैतिक लगायत सबै क्षेत्रमा यसको प्रभाव परिरहेको अवस्था सर्वविदित छ। कोरोना भाइरस(कोभिड-१९)का कारण परिवर्तित समय, माग र आवश्यकताको आधारमा संगठनमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरु सरकारले गरेका निर्देशन, निर्णयभित्र रहि स्वास्थ्य र सुरक्षा अन्तरगत (नियमित सरसफाइ, नियमित हात धुने, नियमित तथा अनिवार्य आवश्यकता अनुसार मास्क प्रयोग गर्ने, सेनिटाइजरको सही सदुपयोग, स्वस्थकर खानपानमा ध्यान दिई , सामाजिक तथा भौतिक दूरी कायम गरी) उपलब्ध भएसम्म e-service तथा प्रविधिको सदुपयोग गरी सर्वसाधारण जनतालाई छिटो, छरितो, सुलभ, सहज, सरल, गुणस्तरिय, भरपर्दो र प्रक्रिया अपनाई सेवा प्रदान गर्नुपर्दछ। कोरोनामय समयकालमा स्वास्थय तथा सुरक्षाका मापदण्डभित्र रहि प्रभावकारी सेवा प्रदान गर्नुपर्दछ। प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्थापित सार्वजनिक प्रशासन (कोभिड-१९) कोरोना भाइरसका कारण देखापरेका परिस्थितिबाट अछुतो रहन सक्दैन। समग्रमा राष्ट्रको अग्रगमन र प्रगतिको मापनको केन्द्रविन्दु नै सो राष्ट्रको प्रशासकीय व्यवस्था हुने हुँदा प्रशासनिक संयन्त्रमा सदैव परिवर्तित समयको माग र आवश्यकता अनुसार परिवर्तन हुनु अनिवार्य ठानिन्छ। All things are Changeable Except Change. परिवर्तन एक निरन्तर चलिरहने प्रक्रिया हो। परिवर्तनका लागि सदैव साकारात्मक दवाव दिई राष्ट्र सेवकहरुलाई वर्तमान समय र मागको आधारमा क्षमता अभिवृद्धिको लागि समयानुकुल तथा परिवर्तित, प्रविधि मूखि तालिम, प्रशिक्षण तथा सिप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ। यस्तो परिस्थितिमा परिवर्तित सन्दर्भ, माग र समयलाई अवसरको रुपमा लिई यथास्थितिबाट सुधारोन्मूख अवस्थामा पुग्नु परिवर्तन हो।

परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन गर्नुपर्नाका कारणहरु

० सर्वसाधारण जनताका जायज माग, इच्छा, आकांक्षा, आवश्यकता, चाहना, अवस्था, क्षमता अनुसार उपलब्ध स्रोत साधनको अधिकतम परिपुर्ति गरी संगठनको छवि चम्काउन।
० दिन प्रतिदिन विश्व परिवेशमा विकास हुँदै गरेका वा अविष्कार भएका आधुनिक, समसमायिक, सूचना तथा सञ्चार र प्रविधिको अधिकतम सदुपयोग गर्न।
० छिटो, छरितो, सस्तो, सहज, सरल, गुणस्तरिय, भरपर्दो र प्रभावकारी सेवा प्रवाह गरी संगठनलाई स्थायित्व दिन।
० विकासका प्रयासमा सर्वसाधारण जनतालाई सहभागी उनीहरुको भूमिकाको उचित कदर गर्न।
० यथास्थिति मनोवृर्त्तिलाई त्यागी अग्रगमन, प्रगति, समयानुकुल, कोरोनासँग जित्न र विकासको मार्ग रोज्न।
० राष्ट्रसेवकहरुले स्वास्थ्य, सरसफाइ तथा सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई सरकारको निर्देशनभित्र रही प्रभावकारी सेवा प्रदान गर्न।
० राष्ट्रसेवकहरुमा उच्चमनोवल, उतप्रेरणा प्रदान गरी कामप्रति निष्पक्षता, बफादार, सिर्जनशील र कर्तव्यनिष्ठ, वस्तुनिष्ठ बनाउन।
० सर्वसाधारण जनता, व्यवस्थापन र राष्ट्रसेवकहरुको बिचमा सुमधुर सम्बन्ध स्थापित गर्न।
० संगठनहरुको बिचमा स्वस्थ प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न।
० सेवा, सुविधा, लाभ, अवसरहरुको न्यायोचित समानुपातिक वितरण गर्न।
० उपलब्ध स्रोत साधनको महत्तम र प्रभावकारी सदुपयोग गरी संगठनको उत्पादकत्व अभसवृद्धि गर्न।

परिवर्तित समय र मागको आधारमा परिवर्तनका क्षेत्रहरु

० संरचनामा परिवर्तन
० प्रविधिमा परिवर्तन
० कार्यप्रणालीमा परिवर्तन
० Physical and Social Distant Maintenance
० Health and Sanitation Maintenance
० Physical Settingमा परिवर्तन
० Human Factors/behaviralमा परिवर्तन
० संगठननात्मक संस्कृति

परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन प्रक्रिया

० Diognosis: समस्या पहिचान र क्रियाकलापको निर्धारण
० Analysis: सरसल्लाह गर्ने र परिवर्तनका लागि वातावरण तयार पार्ने
० Feedback: Agendaबारे Feedback लिने
० Action: परिवर्तनको खास कार्यका साथै कार्यान्वयन गरिने
० Appraisal: निर्धारित उद्देश्य पूरा गर्न सक्यो, सकेन हेर्ने तथा मूल्यांकन र समिक्षा गर्ने।
परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापनका प्रभावकारी उपायहरु
० राष्ट्रसेवकहरुको पदस्थापना, सरुवा, बढुवा, योग्यताको आधारमा गरिनुपर्दछ। वैदेशिक तालिम तथा अध्ययनका अवसरहरुको पनि सामुनिपतिक वितरण गरिनुपर्दछ। एकै तहमा पनि विभिन्न सेवा, समूहमा सेवा, सुविधा, अवसरहरुको समानसपातिक वितरणलाई निरुत्साहित गर्दै आकर्षक र अनाकर्षक सेवा, समूह विभेद हटाउनुपर्दछ।
० सहभागितामूलक व्यवस्थापनको अभ्यास गर्दै सम्मतिपूर्ण निर्णय निर्माण प्रक्रियालाई अवलम्बन गर्नुपर्दछ।
० परिवर्तन अपरिहार्यताबारे राजनीतिक शक्ति र उच्च प्रशासनिक नेतृत्वलाई बोध गराई उनीहरुको परिवर्तनप्रति प्रतिबद्धता एवं कटिबद्धाता हासिल गर्नुपर्दछ।
० संगठनमा खुला सञ्चार प्रणालीको विकास गरी समन्वय, साझेदारी, सहयोगी र सञ्चारको क्षेत्र फराकिलो बनाउनुपर्दछ।
० केन्द्रमा रहेको अधिकार, शक्ति, भूमिका र जिम्मेवारीलाई मातहतमा प्रत्यायोजन गरी मातहतका स्गठन तथा कर्मचारीमा उच्च मनोबल र उत्प्रेरणा प्रदान गर्नुपर्दछ।
० परिवर्तनका प्रयास संरचना केन्द्रित र कार्यविधि केन्द्रित मात्र नबनाई प्रक्रिया व्यवस्थापन शैली, कार्य, प्रवृत्ति र व्यवहारको सुधारमा पनि पर्याप्त ध्यान दिनुपर्दछ।
० संगठनमा परिवर्तनको आवश्यकताको पहिचान गरी कार्ययोजना बनाई समूहकार्य निर्माण गरी पारस्पारिक सहयोग, समन्वय र समर्थनमा सुधार कार्य गर्दै जानुपर्दछ।
० परिवर्तित अवस्थामा कर्मचारीहरुलाई आफ्नो भूमिका र दायित्व प्रभावकारी ढङ्गले सम्पादन गर्ने क्षमता अभिवृद्धिका लागि तालिम, प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ।
० परिवर्तित अवस्थामा कर्मचारीको सुविधा, हैसियत र प्रतिष्ठता एवं सेवाको सुरक्षाको कुनै किसिमको नकारात्मक असर नपर्ने कुरामा विश्वास दिलाउन सक्नुपर्दछ।
० गुणात्मक परिवर्तनका लागि नागरिक समाज, विभिन्न संघसंस्था, उतभोक्ता समूह सामुदायिक संगठन तथा आमसञ्चारबाट पनि दबाब सिर्जना गर्नुपर्दछ। साथै नागरिकहरुले परिवर्तनको लागि आफ्नो स्तरबाट सकेसम्मको सहयोग र समर्थन गर्नुपर्दछ।

निष्कर्ष

कोरोना भाइरस(कोभिड-१९)को कारण परिवर्तित सन्दर्भ, समय तथा उत्पन्न असहज परिस्थितिसँग भागेर, डराएर, पन्छिएर, ह्रास खाएर, मनोबल खसाएर, डर, त्रास र भयमा बाच्नु भन्दा राम्रो कोरोना भाइरस(कोभिड-१९)सँग जुधेर, डटेर, लडेर, सम्पूर्ण सावधानीहरु अपनाएर, उच्च मनोबलका साथ, स्वस्थ रहि, सरकारका नीति निर्देशन पालना गरी, दैनिक योग, ध्यान, व्ययाम र हाँसिलो तथा सक्रिय भई साकारात्मक सोचका साथ परिवर्तित समय र मागको आधारमा परिवर्तन भई प्रभावकारी, गुणस्तरिय तथा भरपर्दो सेवा प्रदान गर्नुपर्दछ। संकट सधैँ एकनाश रहदैन, विस्तारै टरेर जान्छ। तसर्थ उपलब्ध भएसम्म e-service, e-learning, e-working, etc.सँग परिचित हुँदै परिवर्तित समय र मागको आधारमा परिवर्तित व्यस्थापनलाई आत्मसाथ गर्दै जानुपर्दछ। साथै Awareness in people, high expectation of people, Democritization, Qualitative service delivery, Openness and demand of Innovationमा विशेष जोड दिदैँ परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन गर्नुपर्दछ।

नामः राजदेव यादव
पदः शाखा अधिकृत
शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।

 

 

प्रतिक्रिया