एनआरएन १३ औ युरोप क्षेत्रीय सम्मेलन र दोस्रो विज्ञ सम्मेलन- तयारी र व्यवस्थापन

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ असोज १५ गते २१:२७ मा प्रकाशित

कोरोना महामारी शुरु भएदेखि पत्रकार महांसघ युरोपले विभिन्न विषयमा चलाउदै आएको अन्तरक्रियाको २८ औ श्रृंखलामा आज गैर आवासिय नेपाली संघ युरोप संयोजक नारायण आचार्य, बेलायतका आईसीसी सदस्य रामशरण सिंखडा र बेलायतका चर्चित पत्रकार चिरन शर्मालाई आमन्त्रित गरी अक्टोबर ३ र ४ मा हुन गइरहेको १३ औ युरोप क्षेत्रीय सम्मेलन र दोस्रो विज्ञ सम्मेलनको तयारीका गतिविधि, तयारीका कठिनाई र केही अन्य विषयमा बहस गर्यो। उक्त बहसमा पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई लगायत अन्य पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो।

अन्तरक्रिया युरोप क्षेत्रीय सम्मेलनको तयारीको विषयमा केन्द्रित भए पनि निःशुल्क सदस्यता,अनलाइन भोटिंग,राजनैतिक शुद्धीकरण लगायतका विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा आमन्त्रित युरोप संयोजक नारायण आचार्य र बेलायत एनआरएनएका आईसीसी सदस्य रामशरण सिंखडाले जवाफ दिनु भएको थिए।

कोपेनहेगनमा भएको ११ युरोप क्षेत्रीय सम्मेलनमा अंपाग बालबालिकाको शिक्षाको लागि कलर फुल स्याडो नामक क्लब मार्फत आफ्नो योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी डेनमार्क निवासी अनुजा गौतमलाई तीस लाख सहयोग गर्ने वचन दिएका सामाजिक अभियन्तहरु बाट जम्मा ६ लाख प्राप्त भएको र बचन दिए अनुसार सहयोग नगर्ने अभियन्ताहरुको बारेमा समेत अन्तरक्रियामा तातो बहस चलेको थियो।

एनआरएनए भित्र विद्यमान कमीकमजोरी र विसंगतिहरुलाई आईसीसी सदस्य रामशरण सिंखडाले पत्रकारहरुले राखेका जिज्ञासाहरुमा स्पष्ट जवाफ दिदै र वस्तुगत स्थितिलाई समेत नलुकाई छर्लंग पार्नु भएको थियो।एनआरएनएका गतिविधि माथि कलम चलाउदै आउनु भएका पत्रकार चिरन शर्माले यस सम्मेलन र आगामी कार्यक्रमहरु लाई सफल पार्न सहयोग हुने सल्लाह र सुझाव समेत दिनु भएको थियो।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया