म ‘म’ नै हु कसैको चाहनामा
आफुलाई ढाल्न सक्तिन
चाहे स्वीकार, नचाहे नस्विकार
मेरो प्रकृति लाई बदल्न म सक्तिन।
कसैको दुखले मलाई चिन्तित तुल्याउछ
कसैको रोदनले मलाई नै रुलाउछ
भन्दछन् यी मेरा कमजोरीहरु हुन्
तर म त्यसलाई बदल्न सक्तिन
‘म’ ‘म’ नै हु कसैको चाहनामा आफुलाई ढाल्न सक्तिन।
कसैको झुठ्लाई म स्वीकार्न सक्तिन
कसैको सत्यतालाई म नकार्न सक्तिन
कसैको देखावटीपन लाई म मान्दै मान्दिन
कसैको व्यक्तिगत कुराहरु म जान्दै जान्दिन
म ‘म’ नै हु कसैको चाहनामा आफुलाई ढाल्न सक्तिन।
कसै माथिको अन्यायलाई देख्न म सक्तिन
कसैले मन नपराय नपराउन पछि म हट्दिन
कसैका चाप्लुसीका लागि मेरो शीर झुक्दैन
मेरो इमान्दारीता माथि कसैले खोत् लगाय म मान्दै मान्दिन
म ‘म’ नै हु कसैको चाहनामा आफुलाई ढाल्न सक्तिन।
बेमानी लाई कहिल्यै पनि इमान्दारी भन्न सक्तिन
कसैको विश्वासलाई बिश्वासघात गर्न जान्दिन
कसैलाई होच्याएको देख्न म सक्तिन
कसैलाई रुलाएको हेर्न मन मान्दैन
‘म’ म नै हु कसैको चाहना मा आफुलाई ढाल्न सक्तिन।
नजानेर पनि कसैलाई चोट पुर्याउन नपरोस्
कसैले पनि आफुमाथी चोट नपुराओस
आ आफ्नै तवरले सबैले नै जिउने हो
किन कसैले कसैको खेदो नै खन्ने हो ?
म ‘म’ नै हु कसैको चाहनामा
आफुलाई ढाल्न सक्तिन
चाहे स्वीकार, नचाहे न स्विकार
मेरो प्रकृतिलाई बदल्न म सक्तिन।
-रजनी मल्ल न्यु जर्शी, अमेरिका
प्रतिक्रिया