उ कसरी कवि हुन सक्छ ?

राधेश्याम लेकाली २०७७ असोज १३ गते ९:४१ मा प्रकाशित

समवेदनामा प्रहार गर्दै
मन दुख्ने गरी
दुस्ट्याइ गर्छ,
स्वाभिमानमा प्रहार गर्दै
मन छिया छिया हुने गरी
फट्याइँ गर्छ,
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

आफू जस्तैको
एउटा झुण्ड तयार गर्छ
जालझेल गर्दै
अरुको मन दुखाउने गर्छ
षड्यन्त्रको जालो बुन्दै
अरुको बदनाम गर्दै हिड्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

अस्मितामा चोट पुर्याउदै
लाज लाग्ने गरी
दुस्प्रचार गर्छ
अपशब्द प्रहार गर्दै
मन दुखाउने गरी
नग्न झगडा गर्छ
अरुको बदनाम गर्दै हिड्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

उ समवेदनामा प्रहार गर्छ
उ स्वाभिमानमा प्रहार गर्छ
उ जालझेल गर्छ
उ षड्यन्त्रको जालो बुन्छ
उ दुस्प्रचार गर्छ
उ अपशब्द प्रहार गर्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

-राधेश्याम लेकाली

 

प्रतिक्रिया