कोरोनाले मच्चाएको उपद्रो

सिद्धान्त यादव २०७७ असोज ३ गते १५:२१ मा प्रकाशित

चीनबाट फैलियो कोरोनाको लहर
सुनसान देखिन्छ सम्पूर्ण सहर

घर बाहिर जाने हो हाम्रो रहर
तर बाहिर जाँदा सताउँछ कोरोनाको कहर

यस माहामारीले ठप्प पार्यो सबै काम
हामीले तर्सिनु पर्दैन सुनेर कोरोनाको नाम

थुप्रै मानिसले गुमाए आफ्ना रोजगार
सावधानी अपनाई बनौँ हामी होसियार

पठनपाठनका लागि अनलाइन कक्षा चलिरहेको छ
के विपन्न विद्यार्थीहरुसँग ठीक भइरहेको छ

थोरै भएपनि गरीबलाई सघाउने गरौँ
अर्कालाई मद्दत गर्न अघि-अघि सरौँ

यस माहामारीले सम्पूर्ण विश्वलाई हल्लायो
यसरी नै कोरोनाले संसारमा उपद्रो मच्चायो

नामः सिद्धान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कुल, काठमाडौँ।

प्रतिक्रिया