कति सुन्दर हाम्रो नेपाल

सिद्धान्त यादव २०७७ भदौ २० गते १:४७ मा प्रकाशित

हिमालको काखमा रहेको हाम्रो नेपाल
क्षेत्रफलमा सानो तर सुन्दरतामा विशाल

पहाडमा झरना, हिमालमा हिउ छ
रङ्गीचङ्गी डाफेँको कति सुन्दर जिउ छ

एसियाका तारा बुद्ध जन्मेका देश
जहाँ छन् अनेक संस्कृति, भाषा र भेश

प्राकृतिक र सांस्कृतिक सम्पदाको भण्डार
सगरमाथा हिमाल देखेर दङ्ग पर्छ संसार

सिता मता जन्मेकी थिइन् नेपालमा
नेपालको बारेमा चर्चा हुन्छ सम्पूर्ण संसारमा

हामी सबै नेपाली मिलिजुली बस्छौँ
हरेक चाडपर्व हामी सँगै मनाउने गर्छौं

पर्यटकहरुका लागि नेपाल हो प्रसिद्ध
बनाऔँ हाम्रो देशलाई विकसित र समृद्ध

नामः सिद्धान्त
कक्षाः ६
बूढानीलकण्ठ स्कुल, नारायणस्थान, काठमाडौँ।

प्रतिक्रिया