भेटेनाै कतै खाली बाँझाे ठाँउ?
सुन्य छ स्कुल खाली छ गाँउ।
साँढे फूके झैँ बालीमा पसेर
भाषण पाे छ त खेतमा बसेर।
बुख्याँचा हुन्थे धान खेतमा पहिले
नेता आएर उभिए ऐले।
दु:खले लाएकाे त्याे धान खेती
अबुझ शठले बुझ्दैनन् त्यति।
थाकेनन् कहिल्यै भाषण त्याे गरि
ठाँउ न कुठाँउ भदाैरे झरी।
न राेगकाे डर छ फैलिएला भन्ने ।
अहाे नेता ज्यू रहेछाै धन्य।
गरेउ कि भाषण कृषि क्रान्ति गर्ने?
आयात राेकरे कँहि भर नपर्ने
गमलाका धानले पुग्ने भा र हाे कि?
फाँडेउ खेत त्याे भाषण ठाेकि ।
नेता गरामा किसान आली-आली
त्यँहि बसेर बजाए ताली।
सुतेरै भात पाएसि खान
पर्दैन अरे काम गर्न जान।
चामल सकिए पार्टिलाइ फाेन गर
पाेकाे बाेकेर आउछन रे घर।
चाहिएन अब खेती र पाती
फाेन लियाे हातमा सुत्याे दिन राती।
बानी परेसि आस्वासन त्याे खान
चाँहिदाे रहेन्छ खेतकाे त्याे धान ।
हुँदाे रैन्छ बुद्धी कहिल्यै दाँया बाँया
मान्छे फाँड्नेलाइ धानकाे के माया
अर्जुन राज पन्त (व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य” काेइली “का लेखक समेत हुन)
प्रतिक्रिया