अफ्रिका महादेशको दक्षिण अफ्रिका जोहन्सबर्गमा कार्यरत पाचथर /झापाका ३४ बर्षका युवा नियालसन बोखिम लिम्बुको दुखद निधन भएको छ । उनको मृत्यु कोरोनाको कारणले भएको शंका गरिएको छ । कोरोनाको रिपोर्ट भोलि सम्म आइ पुग्ने जनाइएको छ ।
एनआरएनए अन्तरराष्ट्रियका पूर्व कोषाध्यक्ष हिक्मत थापाले आफ्नो सामाजिक संजाल फेसबुक( अनुहार किताव)मा उक्तजानकारी सार्वजनिक गरेका छन।
उनी वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।
ईनेप्लिज परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ !
प्रतिक्रिया