गोपाल काफ्ले पथरी,
असार ५,
मोरङको पथरीशनिश्चरे ६ मा रहेको शिक्षा सदन आधारभुत विध्यालयमा अध्यानरत ६१ जना बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
पथरीशनिश्चरेको ग्रामिण भेगमा रहेको विध्यालयमा अध्यानरत मुसर समुदायका ६१ ऋिसिदेव बालबालिकालाई ब्याग, एक दर्जन कापि र कलम वितरण गरिएको हो।
बेलायतमा रहेर नेपालको बिभिन्न क्षेत्रमा योग्दान पुर्याउदै आउनु भएका नेकपाका युवा नेता मिलन नाल्वोले लामो समय लकडाउनका कारण घरमै बसेका बालबालीकाहरुलाई पढ्नु पर्छ भन्ने चेतना जगाउन उक्त सामाग्री सहयोग गर्नु भएको हो।
पथरीशनिश्चरे ३ निवासी नाल्बोले शिक्षाबाट कुनै पनि सुदायका बालबच्चा बन्चित नहुन भन्ने हेतुले ५१ हजार बराबरको शैक्षिक सामाग्री बितरण गर्नु भएको हो ।
केहि समय अगाडी आएको हावाहुरीका कारण मुसर समुदायका अधिकाम्स घरको छानो उडाएको थियो । हावा हुरीले बालबालिकाका किताव कापि भिजाए पछि बालबालीकामा पढन पाढनमा समस्या भएको थियो।
कक्षा ५ सम्म पढाईहुने स्कुलमा ११२ जना विध्यार्थी रहेका छन भने ४ जना शिक्षक शिक्षिका रहेका छन । विपन्न बर्गका मुसर समुदायका बालबालीका पढन पाढन गर्ने स्कुलको भौतिक संरचना पनि दयनिय रहेको छ।
बिभिन्न समयमा दाताहरुको सहयोगले शैक्षिक सामाग्री आउन थाले पछि विध्यार्थी संख्या वढेर ११२ पुगोको विध्यालय ब्यावस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर कार्कीले बताए।
शिक्षक शिक्षिका थोरै भएको र समुदायमा छोरा छोरी पढाउनु पर्छ भन्ने चेतना नभएका कारण बालबालीका स्कुल जान नमानेको अभिभावक चन्दा ऋिसिदेव बताउछिन।
कक्षा ५ पास गर्दा पनि नानिहरु सामान्य जोड घटाउ नजान्ने किताव पढ्न नजान्ने रहेको ऋिसीदेवको भनाई छ ।५ कक्षा सम्म रहेको स्कुलमा ४ जना शिक्षक शिक्षिका हुनु त्यसमा पनि भैतिक संरचना कम्जोरहुन र समुदायमा शिक्षाको चेतना नहुनुले बालबालीकाहरु कम्जोर हुनुको कारण रहेको छ ।
प्रतिक्रिया