पोखरा। गैरआवासिय नेपालीहरुको मूल लगानीमा पोखरामा पोखरा वास इन्डस्ट्रीज प्रालि स्थापना भइ परिक्षण उत्पादन प्रारम्भ गरेको छ । विभिन्न क्षमताका खाने पानी ट्यान्की,मोबाइल टवाइलेट लगायतका उत्पादनको परिक्षण उत्पादन शुरु गरि बजारमा प्रवेशको लागि उधोगले तयारी गरिरहेको छ ।
उद्योगले खाने पानी ट्यान्कीहरु ,मोबाइल चर्पीहरु र बायोग्यास उधोग सम्बद्ध उत्पादनहरु प्रारम्भिक चरणमा उत्पादन गरि बजारमा लानेछ ।
रु पाँच करोडको प्रारम्भिक लगानी रहेको उधोगमा गैरआवासिय नेपालीहरु कुल कार्की,हिक्मत थापा र एकनाथ खतिवडा लगायत डोब बहादुर कार्की र मोहनराज न्यौपानेको लगानी रहेको छ ।
उद्योगका प्रमुख कार्यकारी अधिकृत सुनिल कार्कीका अनुसार उधोगले आफ्ना उत्पादन बजारमा लान तयारी गरि रहेको अबस्थामा कोभिड महामारीको लकडाउनले अहिले स्थगन भएको र बजार खुल्ने बित्तिकै बजारमा प्रवेश गर्ने जानकारी दिएका छन ।
विभिन्न क्षमताका खाने पानी ट्यान्की,मोबाइल टोइलेटहरु ,बायोग्यासलाई चाहिने ट्यान्की र सामाग्रीहरु अहिले उत्पादन गरिने र खानेपानी ,उर्जा,सफाई , स्वच्छता क्षेत्रका विभिन्न उत्पादनहरु थप्दै जाने बताउनु भयो ।
उत्पादनको प्रविधी र गुणस्तरअन्तरास्ट्रिय स्तरको रहेको र यसै क्षेत्रमा लामो समय सम्म बिदेशमा कार्यरत प्राबिधिज्ञहरुको संलगनता रहेको उहाले बताउनु भयो ।
प्रतिक्रिया