नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा र जनसम्पर्क बिभाग प्रमुख गोबिन्द भट्टराईले आज अफ्रिकाका विभिन्न दस मुलुकमा रहेका नेपालीहरु सङ्ग अन्तरक्रिया गरेका छन ।
कोभिड महामारीको संक्रमणले अफ्रिकाका नेपालीहरुमा परेको समस्या र अबस्था बुझ्नका साथै त्यसको समाधानका लागि सरकार सङ्ग आवाज पुर्याउन नेपाली काङ्ग्रेसले बिश्व भरिका प्रबासी नेपालीहरु सङ्ग सोझो सम्पर्कमा रहने उद्देश्यले यो बैठक आयोजना गरिएको थियो ।
बैठकमा प्रबक्ता बिश्वप्रकाश शर्माले आफुहरुका लागि एक नेपालीको पनि महत्व उत्तिकै हुने हुदा अफ्रिका लगाएत कोरोना प्रभावमा परेका हरेक नेपालीलाई सरकारले सरक्षण र घर फर्कन परेकालाई तुरुन्त फर्काउने ब्यबस्था गर्न सरकारलाई दवाब दिई रहेको र यहाँका समस्याको समाधानका लागि पनि आवाज उठाउने जानकारी दिनु भयो ।
त्यसै गरि जनसम्पर्क / बिदेश बिभाग प्रमुख गोबिन्द भट्टराईले नेपाली काङ्ग्रेसले २०४६ पछि लिएको उदार अर्थतन्त्रको नितिले नै आज संसार भर नेपालीहरुको उपस्थिति रहेको र उनिहरु नेपालको अर्थतन्त्रको मुल आधार बनेको भन्नू भयो । सरकारले अहिले बिदेशमा दुखमा परेका नेपालीहरु प्रती ध्यान नदिएकोले तुरुन्त ध्यान दिई यथाशक्य चाडो घर फिर्ता , क्वारेन्टाइन र पुनर्स्थापनाको ब्यबस्थापन गर्नु पर्छ भन्नू भयो ।
अन्तरक्रियामा गणेश खडका(सेसेल्स ),बिष्णु कार्की( इथोपिया ),राजमणि भन्डारी ( युगान्डा ),पदम भन्डारी ( बोत्स्वाना ),बिदुर खनाल ( जाम्बिया ),रोशन श्रेष्ठ ( घाना ) ,प्रेम गुरुङ्ग,पुष्प भट्टराई र डा. प्रधुम्न चौरासिया ( तान्जानिया ),कुल कार्की सुरज डुम्रे र कृष्ण दत्त भट्ट ( केन्या ),मन थापा र रोशन थापा ( नाइजेरिया ) र एनआरएनए का अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले कोभिड महामारीले पारेको प्रभाव र यहाका नेपालीहरुको घर फिर्ती ब्यबस्थापन लगायतका समस्याका बारेमा जानकारी गराएका थिए ।
त्यसै गरि अन्तरक्रिया कार्यक्रमको संचालन गर्दै एनआरएनएका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकाको बारेमा चासो राखी दिएर यहाका समस्या बुझी दिनु भएकोमा नेता द्वय र नेपाली काङ्ग्रेस पार्टीलाई आभार ब्यक्त गर्नु भएको थियो । उहाले अफ्रिकाका र अन्य मुलुक बाट रोजगारी गुमाई अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल फिर्ता लग्न ब्यबस्था गराउन सरकार सङ्ग पहल गरि दिन अनुरोध गर्नु भयो ।
कार्यक्रममा एनआरएनएका निबर्तमान उपाध्यक्ष कुल आचार्यले प्रवासमा हज्जारौं नेपालीहरु अहिले अप्ठ्यारोमा परेका हुदा यथाशिघ्र चाडो सरकारले घर फिर्तीको लागि अनुमति दिनुपर्ने र अब ढिलो नगरी आवस्यक ब्यबस्था गर्ने पर्ने बताउनु भयो । त्यसै गरि नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयका आइटी बिभाग प्रमुख दिपेश बिष्टले नेपाली काङ्ग्रेस को रेस्क्यु एपको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया