ह्याप्पी वर्थ डे माग्नेवुढा

इनेप्लिज २०७६ चैत २८ गते ३:२४ मा प्रकाशित


लुइभेल, केन्टकी । हांस्य कलाकार केदार घिमिरे उर्फ माग्ने वुढाको आज जन्मदिन हो । दुखका पहाडहरुलाई छिचोल्दै सफलताको शिखरमा पुग्ने थोरै व्यक्तिहरुमा पर्छन माग्ने वुढा । मेरी वास्सै सिरियलमा सीताराम कट्टेल उर्फ धुर्मुससंग सहकार्य गर्दै चर्चाको शिखरमा पुगेका माग्नेवुढा आजकल दीपकराज गिरी र दीपाश्री निरौलाको क्याम्पका एउटा क्याप्टेन नै हुन् ।

छक्कापञ्जा सेरिजलाई चलाउन दीपक दीपाको जति भूमिका छ, माग्ने वुढाको अभिनयको त्यत्तिकै भूमिका रहेको कसैले नकार्दैनन् । छक्कापञ्जा सिरिज हेर्न आउने दर्शकका मुखमा एउटा मात्रै कुरा झुण्डिएको हुन्छ, हामी माग्नेवुढाको अभिनय हेर्न आएका हौं ।

आज माग्नेवुढाका प्रशंसक र कलाकारहरुले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएका छन् ।

कलाकार दीपकराज गिरीले शुभकामना दिंदै भनेका छन्, – आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “जन्मिए। त्यस्का बाजे, अत्यन्त खुशि भएर कति जना लाइ त लात्तिले हानेर बारिका पाटामा पनि पुर्याए होलान ।

खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन । ठिकठाक परिवार थियो ।

छोरो भबिष्यमा डाक्टर होला, इन्जिनियर होला भनेको छोरो त ठूलो भएर माग्ने पो भयो । “ हल्का रमाइलो” भन्दै कडा रमाइलो गर्न थाल्यो ।
तर यस्तो माग्ने भयो जस्का डाक्टर पनि फ्यान, इन्जियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो । आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने ।

देशले राम्रो कलाकार पायो, पिताजी ले सुपुत्र पाए, सीतादेबी ले असल पति पाइन । तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक सहयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ । अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा, त्यसैले आजको दिनमा माग्ने बूढालार्इ भन्दा पनि उसलाई जन्म दिने बुबा आमालाई धन्यवाद छ । नमन छ । प्रिय भाइ, साथी, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौलाख शुभकामना, अझै धेरै उन्नति, प्रगतिको कामना गर्दछू । जय शम्भो ।

दीपकराज गिरी जस्तै सयौ कलाकार र हजारौ शुभचिन्तकहरुका शुभकामना सन्देशले माग्नेवुढाको फेसवुक पेज भरिएको छ ।

https://www.facebook.com/Kedar.Ghimire.magne

 

प्रतिक्रिया