कोरोना को चर्चा पछी

राम शरण हुमागाई २०७६ चैत २५ गते १०:५६ मा प्रकाशित

रंगीन टीभी स्क्रीनमा
क़हाली लाग्ने दृश्यहरू देखेपछी
अत्यास ल्याग्दो तथ्यांक पढे पछी
निराशाले भरियका समाचार/सन्देश सुनेपछी
मेरो मन आफ़ैं संग सोध्न थाल्छ
अन्तरिक्षमा पिंकनिक मनाउन
चन्द्रलोकमा बसाई सर्न
र मंगलग्रहमा होमस्टे गर्न तम्तयार
संसारको सर्वश्रेस्ठ प्राणी भनिएको
यो मानिसको ज़िन्दगी
आजभोली
न बाटों भरी दौतरी संग गफिदै हिंड्न सक्छ
न मायालुका न्याना स्पर्शहरु महसूस गर्न सक्छ
न पृयजनहरू लाई वरिपरी राखेर
जिवन र जगतका सुन्दर कविता सुनाऊँन सक्छ
ओहो
यति निरिह पनि हुन सक्दो रहेछ
मान्छेको ज़िन्दगी भनेर
तैंले कहिल्यै सोचेको थीइस त कान्छा ?

राम शरण हुमागाई
मनासस भर्जीनिया

प्रतिक्रिया