फेसबुकमा तिमीले रिक्वेस्ट पठाछी

अलका मल्ल, काठमाडौँ २०७६ चैत ९ गते १०:४४ मा प्रकाशित

आज यो खुसी कसलाई बाँडी हिंडौं,

मनले खोजेको कोहि आज आफ्नै आँखा अगाडी पाएं ।

जिन्दगीको अर्थहिन आँसुहरु पगालेर हिंड्दै

आज मैले दिलको ढड्कनलाई पाएं ।

पर्खाइलाई कुर्ने धैर्यताले जीवनको कोहीनुर भेटें ।

प्रतिक्षाको फल मिठै हुंदो रैछ भन्ने भनाइ पनि सहि रहेछ ।

हराइ सकेका बाँच्ने रहरहरु आज नयाँ जीवन बन्यो,

कहिले काहिं खुसीको आँसु पोखिन नसक्दा मन थाम्न कठिन हुंदोरैछ ।

आज ममा त्यो खुसी छ जुन मैले लामो पर्खाइको तपस्यामा पाएं ।

दिनहरु संधै बादलले ढाके झै लाग्थ्यो,

आज आकाश धर्ती सब खुल्लै पाएं ।

फेसबुकमा तिमीले रिक्वेस्ट पठाछी यो मन नाच्न थाल्यो देवता भेटेझै ।

तिमीलाई आफ्नो जीवनको खुसीयालीमा समेटिन पाउनु

अनि सम्झना भित्र समेटिएर सम्झनामै रमाउन पाउनु म कति भाग्यमानी ।

तिम्रो यादले जीवन बिताउन पाउनु,

सपनामा हराएका सोच मग्न मष्तिस्कहरु

सम्झना र यादले आकुल ब्याकुल भएका भारीहरु

आज बिसाउन पाउनु म साँच्ची कति भाग्यमानी ।

प्रतिक्रिया