गौशाला, २३ जेठ । महोत्तरीको सुन्दरपुर गाविसको एक बाँसघारीमा एक पुरुषको शव फेला परेको छ ।
सुन्दरपुर–६ बस्ने ५५ वर्षीय प्रमेश्वर राय यादवको सुन्दरपुर–४ स्थित बाँसघारी फेला परेको स्थानीयवासीले बताएका छन् ।
गएराति सुन्दरपुर–४ स्थित गाईगोठमा सुत्न गएको प्रमेश्वर आज बिहान घर नफर्केपछि उनको खोजतलास गर्दै जाँदा उनको शव आज दिउँसो बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया