श्रीमतीको उपचार गराउन आएका श्रीमानले अस्पतालमै गरे आत्महत्या !

इनेप्लिज २०७६ कार्तिक २३ गते ९:५९ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक ।  चितवनको भरतपुर अस्पतालमा एक व्यक्तिले भुण्डिएर आत्महत्या गरेका छन् ।

अस्पतालको भर्‍याङमा झुुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा लमजङ घर भएका विष्णु सुनार रहेको बताइएको छ ।

तीन महिना अघि सुत्केरी श्रीमतीको मुटुको तल्लो भागमा पानी जमेपछि उपचारका लागि सुनार अस्पताल आएका थिए ।

सुनारकी श्रीमतीलाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी समेत गरेको थियो ।

सुनारले के कारणले आत्महत्या गरे भन्ने विषयमा खुल्न नसकेको र थप अनुशनधान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया