चिनसँग डराएर भारतले कालापानी र लिपु लेक खोस्यो, मदन भण्डारीले गरे यस्तो खुलासा (भिडियो)

इनेप्लिज २०७६ कार्तिक २२ गते ११:५६ मा प्रकाशित

भारतले लिपु लेक र कालापानी आफ्नो नक्सा भित्र राखेपछि पछिल्लो समय नेपालमा भारतको तिब्र बिरोध भएको छ । भारतले पछिल्लो समय जारी गरेको नक्सामा नेपालको कालापानी र लिपु लेक भारतीय भूमीमा परेको देखाएको छ भने भारतले त्यसको खण्डन गरेको छ । भारतले कुनै पनि सिमा नमिचिएको बताए पनि नेपाल सरकारले भने भारतले जारी गरेको नक्सा नमान्ने बताईसकेको छ ।

देशभरमा बिद्यार्थी संगठन साथै बिभिन्न राजनीतिक पार्टीले भारतले गल्ती सच्चाउनुपर्ने माग सहित प्रदर्शन गरिरहेका छन् । पोखराका बुद्धिजिवी तथा बिश्लेषक मदन भण्डारीले पनि त्यस बिषयमा आक्रोश पोखे । नेताहरुको लम्पसराबादले गर्दा यो अवस्था सृजना भएको उनको ठहर छ । सरकारले आँखा जुधाएर कुरा गर्न सके भारत सच्चिने उनको ठहर छ । भारत के किन बारम्बार नेपाली भूमीमा आँखा लगाउँछ ? के चिनसंग डराएर भारतले नेपाली भूमी मिच्न खोजेको हो ? हेर्नुहोस् यो कुराकानी ।

 

प्रतिक्रिया