नागरिकता विधेयकका विषयमा प्रधानमन्त्रीले काँग्रेससँग छलफल गर्दै

इनेप्लिज २०७६ भदौ २९ गते ११:१८ मा प्रकाशित

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस शीर्ष तहका नेताहरुबीच छलफल हुने भएको छ ।

समसामयिक तथा विवादित नागरिकता विधेयकका विषयमा छलफलका लागि  प्रधानमन्त्रीले शीर्ष नेताहरुलाई बोलाएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बैठक हुने तय भएको हो।

नेपाली नागरिकसँग विवाह गरी नेपाल भित्रिएकी महिलाका सन्दर्भमा अंगीकृत नागरिकताको प्रावधानमा दलबीच सहमति हुन सकेको छैन ।

नागरिकता ऐन २०६३ को प्रावधानसहित नागरिकता विधेयक पारित गर्नुपर्ने काँग्रेसको माग छ । यही मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले भेटको कार्यक्रम तय गरेको बताइएको छ।

नेपाली नागरिकसँग विवाह गरी कागजी प्रक्रिया पुगेका विदेशी महिलालाई समयको सीमा तोक्न नहुने काँग्रेसको मत छ । संसदको राज्य व्यवस्था समितिमा काँग्रेसका सांसदहरुले फरक मत राखेपछि शीर्ष नेताबाट  टुंगाउनेगरि छलफल चल्दैछ ।

प्रतिक्रिया