भारतको एउटा मनोरञ्जन उद्यानमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

इनेप्लिज २०८१ जेठ १२ गते २१:५८ मा प्रकाशित

पश्चिमी भारतको एउटा मनोरञ्जन उद्यान (पार्क) मा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमी भारतको गुजरात राज्यको एक मनोरञ्जन उद्यानमा शनिबार ठूलो आगलागी हुँदा धेरै बालबालिका सहित कम्तीमा २७ जनाको मृत्यु भएको प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन्।

गुजरात राज्यको राजकोट शहरको उद्यानमा आगलागी भएको हो । प्रहरी आयुक्त राजु भार्गवले आगो नियन्त्रणमा आएको र उद्धार कार्य जारी रहेको बताए ।

शव पहिचान गर्न गाह्रो भएको प्रहरी अधिकृत विनायक पटेलले बताए ।

प्रहरीले मनोरञ्जन पार्क सञ्चालक र व्यवस्थापकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

“अहिलेसम्म हामीले आगलागीको घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ,” प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले पटेललाई उद्धृत गर्दै मृतकमा १२ वर्ष मुनिका चार बालबालिका समेत रहेको बताए।

उक्त मनोरंजन उद्यानमा सामान्यतया सप्ताहन्तमा बिद्यालय ग्रीष्म बिदाको मजा लिने बच्चाहरू भएका परिवारहरूले भरिएको हुन्छ।

मनोरञ्जन उद्यान (पार्क) युवराज सिंह सोलंकीको निजी स्वामित्वमा रहेको र भार्गवले प्रहरीले लापरबाही गरेको भन्दै मुद्दा चलाउने बताए ।

“हामीले लापरवाही र मृत्यु भएकोमा मुद्दा दर्ता गर्नेछौं। हामीले उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान हुनेछ,” उनले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल एक्समा लेखेका छन्, राजकोटमा भएको आगलागीबाट म अत्यन्त दुःखी भएको छु। आफ्ना प्रियजनहरू गुमाएका परिवार प्रति समवेदनाको साथै घाइतेहरूको लागि प्रार्थना गर्दछु ।

प्रतिक्रिया