प्रचण्ड, बाबुरामलाई पूर्व बाल सैनिकले हेग लान्छौ भनेपछी नेकपा नेतासगँ भयो झन्डै हात हालाहाल।(भिडियो सहित)

इनेप्लिज २०७६ साउन १७ गते २१:३६ मा प्रकाशित

पुर्व बाल सैनिक लेलिन बिस्ट ले आफू हेग पुगे हिरो हुन्छु भन्ने अभिव्यक्ति दिनु केटाकेटी बुद्धिको ठूलो पाखण्डता भएको बताएका छन । एक अनलाइनमा नेकपाका युवा नेता पुन्य गौतम सगको संयुक्त कुराकानी मा उन्ले नेपालमा हिजोका पिडकहरुनै सत्तामा भएको अवस्थामा न्याय प्राप्तिको सम्भावना अत्यन्त कम भएकोले बेलामा सचेत भएर न्याय सम्पादनको काम नगरे प्रचण्ड बाबुरामहरु हेगमा उभिनुको बिकल्प नभएको समेत बताएका छन ।

भरसक नेपालको समस्या नेपाल भित्रै समाधान होस भन्ने आफुहरुको चाहना भएको भए पनि सत्ताको उन्मादका कारण पिडकहरु अन्धो बन्दै गएको आसय समेत ब्यक्त गरेका छन भने नेकपाका नेता पुन्य गौतमले पार्टी नेतृत्व र सरकारले यो विषयलाई सामान्य रुपमा लिने गल्ती गरे भोलि यहि विषय ठूलो बन्न सक्ने मा आफुसचेत रहेको र नेतृत्वलाई सुझाव दिइरहेको बताएका छन । घुमाउरो तरिकाले पार्टी नेताको पुर्ण बचाउ गर्दै पार्टी भित्रका गलत तत्वले प्रचण्डलगायत केही नेतालाई गलत ढंगले गाजिरहेको तर्फ सङ्केत गर्दै आफ्नो देश र पार्टी भित्रको समस्या आन्तरिक रुपमै समाधान गर्ने कुरामा जोड दिन अभियान्ता लेलिन बिस्ट सग अपिल पनि गरेका छन ।

प्रतिक्रिया