जापानको आगलागी घटनामा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

इनेप्लिज २०७६ साउन ३ गते ११:२८ मा प्रकाशित

काठमाडाैँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एक एनिमेसन स्टुडियोमा नियतबस आगो लगाउँदा मारिएका व्यक्तिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

जापानी समकक्षी सिन्जो आबेलाई शुक्रबार एक समवेदना सन्देश पठाउँदै ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सन्देशमा प्रधानमन्त्रीले मृतका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वाथ्यलाभको कामना गरेका छन् ।

बिहीबार एक शंकास्पद व्यक्तिले नियतवस क्योटो एनिमेसन सेन्टरमा आगलागी गराउँदा कम्तिमा ३३ जनाको ज्यान गएको थियो भने अन्य दर्जानौं घाइते भएका छन् ।

कला र रचनाको लोकप्रिय केन्द्रलाई अमानवीय आक्रमण निशाना बनाउने घटनाबाट स्तब्ध र दुःखी भएको छु, प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया