सहयोगको लागि अपिल !!!
आदरणिय अमेरिकाबासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
मातृ भूमी नेपालमा बर्षाले बितण्डा मच्चाएकोले ठूलो मात्रामा जन धनको क्षति भएको छ । कैयौं बेपत्ता छन भने हजारौंले बिस्थापित हुन बाध्य हुनु परेको छ । क्षतिको बिबरण आउने क्रम जारी छ र बढिरहेको छ । यस्तो बिकराल अवस्था हाम्रो संयुक्त प्रयासबाट बिपतमा परेका दाजुभाई दिदी बहिनीहरुलाई आपतकालिन सहयोग पुर्याउन सकियोस, चहर्र्याइरहेका घाउहरुमा मलहम पट्टी लगाउन सकियोस भन्ने अभिप्रायले यो गोफन्ड एकाउण्ट सिर्जना गरिएको छ । आपत बिपतमा परेका मातृभूमी र हाम्रा पिडित दाजुभाई दिदीबहिनीहरुलाई सक्दो सहयोग गरि दिनु हुन हार्दिक अनुरोध छ ।
नेत्र प्रसाद पोख्रेल (बन्धु)
कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद, अमेरिका
प्रतिक्रिया