यो मन हो -सुबास ढकाल

इनेप्लिज २०७६ असार २९ गते १:०८ मा प्रकाशित


यो मन हो, यो मनको नै त बन्धन हो
कहिँ कतै भागी हिड्छ, कहिँ कतै अल्झीबस्छ
चाहेर पनि रोकिदैन, नचाहेरै अघि बढ्छ
यो मनै त हो तेसै तेसै रोइदिञ्छ अनि मुस्कुराइदिञ्छ

यो मन हो, मनको नै त सब दर्पण हो
अतित भित्र डुबिदिन्छ, वर्तमानमा पौडीदिन्छ
यादहरुले तड्पिन्छ, साथहरुले सम्हालिन्छ
यो मनै त हो तेसै तेसै आत्तिन्छ अनि सम्हालिन्छ

यो मन हो, मनको नै सब अर्पण हो
कसैलाई छाडी हिंड्छ, कसैलाई अंगालीबस्छ
जिम्मेवारीले थिचिन्छ, तरपनि छटपटाउदैन
यो मनै त हो तेसै तेसै भरिरहन्छ अनि खाली भै रहन्छ

 

प्रतिक्रिया