उद्धार तथा राहत वितरणको अनुगमन सम्पन्न

इनेप्लिज २०७२ जेठ १३ गते ४:५१ मा प्रकाशित

AU9mYefमेलम्ची, १३ जेठ । भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको ३ नं क्षेत्रको उद्धार तथा राहत वितरणको अनुगमन सम्पन्न भएको छ ।

जिल्लाको विकट भोताङ, गुन्सा, क्युल, वरुवालगायत गाविसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायब उपरीक्षक भीम दाहालको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

टोलीको अनुगमनबाट एक महिनासम्म सक्रियताका साथ उद्धार तथा राहत वितरण गर्न सहयोग पुगेको क्षेत्रस्तरीय दैवीप्रकोप उद्धार तथा राहत वितरण समितिले जनाएको छ ।

प्रतिक्रिया