कलाकार एवम सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुसले ले बिकास र समृद्धिमा नागरिक सहभागीता र जागरुकताका निम्ति आफुले नागरिक सहभागितामै काम गरिरहेको बताएका छन । प्रेसिडेन्ट होट्ल रेस्टुरेन्ट कम्पनी को नवौ साखा उद्घाटन गर्दै उनले ब्यवसाय सगसगै सामाजिककार्यमा समेत योगदान दिदै आएको प्रेसिडेन्ट कम्पनी मा आबद्ध सबै टिमलाई निरन्तर सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो सेवामा इमान्दार रहन सुझाब समेत दिदै कृकेट रंगशाला निर्माणको कार्य तिब्र गतिमा अगाडी बढिरहेको भन्दै सबैको सहयोगको खाचो आवस्यक रहेको बताए ।
सञ्चारकर्मीहरु सग कुरा गर्दै धुर्मुसले बिकासको मोडल तयार गर्ने दायित्व पनि जोडिएको उक्त आयोजनालाई सामान्य एउटा क्रिकेट मैदानको रुपमा मात्र बुझ्न नहुने भन्दै सबै तह र छेत्रबाट सहयोग समिती निर्माण गरेरै लाग्न सबै सग अपिल गरे भने एभरेस्ट सुचना नेटवर्क प्राली र त्यस मातहत सञ्चालनमा आएका सञ्चार इकाईले पनि धुर्मुस सुन्तली फाउन्डेसन को पहलमा निर्माण भै रहेको क्रिकेट मैदान निर्माण कार्यमा सहयोग पुर्याउन अभियान्ता कै भुमिका निर्बाह गर्ने प्रतिबद्ध गर्दै प्रतिबद्ध रकम समेत घोषणा गरेको छ भने प्रेसिडेन्ट रेस्टुरेन्ट ग्रुप कम्पनीले पनि फाउन्डेसनलाई नगद रु पचहत्तर हजार रुपैया हस्तान्तरण गरेको छ |
प्रतिक्रिया