पोखरा । भनिन्छ नि जहाँ इच्छा त्यहा उपाय । सँगै नेपाली अर्को उखान पनि छ खाने मुखलाई जुंगाले छेक्दैन । हो यी उखानलाई पोखराकी ५४ वर्षिया गोमा पराजुलीले साबित गर्नुभएको छ । कास्कीको हंसपुरमा जन्मिनुभएकी गोमा सानोमा पढ्न पाउनुभएन । पढ्ने इच्छा भएपनि पारिवारिक वा समाजका कारण उहाँको त्यो इच्छा पुरा हुन नसकेको थिएन । बिहे भएर पोखरामा आउदा उहाँ पढ्न नपाएको त्यो भोक आफ्ना सन्तानलाई पुरा गराउन गोमाले आफ्ना सन्तानलाई पढाउनुभयो ।
गोमाका २ छोराहरु अहिले अमेरीकामा छन् । गोमाका श्रीमानको निधन भइसकेको छ । अहिले गोमा पोखरा १७ मा रहेको एक सरकारी विद्यालयमा कक्षा ४ मा पढ्नुहुन्छ । आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उहाँ दैनिक रुपमा स्कुल जाने आउने गर्नुहुन्छ । उहाँको त्यो पढ्ने इच्छा आफैले पुरा गर्न गोमा स्कुल जाने आउने गरेको बताउनुहुन्छ ।
गोमा भन्नुहुन्छ – “छोराहरुलाई पढाएर आफ्ना खुट्टामा टेक्न सक्ने बनाए, उहाँको पनि निधन भयो, छोराहरुले अमेरीका बोलाउछन्, मलाई जान मन लाग्दैन । समाजमा यतिकै बस्नुभन्दा दैनिक स्कुल आउछु । आफ्नो सानै देखि पढ्न नपाएको इच्छा पुरा हुदा गोमाको मुहारमा खुसीको बहार आउने गर्दछ ।” “सँगै पढ्ने केटाकेटीलाई गोमा साथी भनेर बोलाउनुहुन्छ”, उनिहरुले पनि गोमालाई साथी भनेर बोलाउछन् ।
सुरुमा उहाँ स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षक र विद्यार्थीहरु पनि अचम्ममा परे । आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो । उनै गोमा पराजुलीको स्कुलको रमाइलो, अनुभव र विद्यालयका प्रधानध्यापकको कुराकानी आज हामी यहाँहरुमाझ प्रस्तुत गर्दैछौँ । अन्त्य सम्म हेर्नुहोला ।
प्रतिक्रिया