नेकपा बिप्लब पार्टीका युवा नेता एवम सामाजिक अभियान्ता नरबहादुर कार्की ले नेकपाले गरेको संघर्ष परम्परागत किसिमको नभएर एकीकृत जनताको बिद्रोहबाट यो सत्ता फाल्ने र बैज्ञानिक समाजबादका निम्ति फरक तरिकाबाट जनतालाई एकीकृत गर्ने अभियानमा आफुहरु सकृय रहेको बताएका छन । सरकारले प्रतिबन्ध लगाएर आफ्नो फासिबादी चरित्र उदाङो पारेकाले सरकार जनतालाई आफै बन्दुक बोक्न सिकाइरहेको आरोप लगाउदै नेकपालाई दलाल मन्त्रीपरिषदले अबैधानिक बनाए पनि देश र जनताले नेकपालाइ बैधानिक र आफ्नो प्यारो शक्ति बनाइरहेकाले माफिया भ्रष्टहरुले के भन्छन या के भ्रम फैलाउछन भन्ने कुरा खास महत्वको नभएको उल्लेख गरेकाछन ।
सरकरले युद्ध चाहिरहेको बताउदै कार्किले नेकपा माथी लगाएको प्रतिबन्ध प्रती नेपाली सेना ,नेपाल प्रहरी , बुद्दिजिबी ,आम नेपाली जनता कोहि सन्तुष्ट नरहेको भन्दै एनसेल जस्ता माफियाको बिरोध गर्दा , देश द्रोहीहरुको भन्डाफोर गर्दा , देश को रक्षाका निम्ति जनताको अधिकारका निम्ति अवाज उठाउदा प्रतिबन्ध लगाउनेहरु आफै प्रतिबन्धित हुने स्थिती आउने भन्दै कार्की ले आफुहरु जनताका मन मस्तिस्कमा सधै खुल्ला र आत्मिय भएर काम गरिरहेको ले जनबिरोधी सत्ताले आफुहरु बिरुद्ध के षड्यन्त्र गर्छ त्यस्को प्रतिरोध जनताको बलबाट नै हुने उल्लेख गर्दै जनताले न्याय र अन्याय छुट्याइरहेको र एकीकृत जनबिद्रोह तिब्र गतिमा सङ्गठित भै रहेको खुलासा गर्दै उनले आम जनतालाई एनसेल बहिस्कार गर्न अपिल समेत गरेका छन|
प्रतिक्रिया