भरत दाहालको आरोप: ‘अमेरिकाको’ बिश्वासीलो पात्र केपी ओली भन्दा प्रचण्ड।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत २६ गते १०:५८ मा प्रकाशित

राजनैतिक बिस्लेसक भरत दहालले नागरिकता विधेक बिदेशी स्वार्थ अनुरुपनै भएको कुरा उल्लेख गर्दै , कुनै पनि कानुनी प्रक्रिया पूरा नहुदै नागरिकता बितरण को परिपत्र जारी गर्नु गृहमन्त्रीको गम्भीर अपराध र रास्ट्रघाती काम भएको बताएका छन । नागरिकता विधेक पास गराउन नसके पस्चिमाहरुले ओलि सरकार ढाल्ने र प्रचण्डलाई अगाडी ल्याएर पुन अर्को षड्यन्त्र हुने भन्दै अहिले सिआइएको योजनाकालागी केपी भन्दा प्रचण्ड नै पहिलो बिस्वासपात्र भएको समेत विश्लेषण गरेका छन । नागरिकता विधेक कार्वानयन गर्न केही भारतीयहरु पनि लागिपरिरको भए पनि ती भारतिय भारत भित्रका सिआइएका एजेन्टहरुनै भएको भन्दै चिन बिरोधी सिआइए मिसन भारतलाई ध्वस्त नपारी अगाडी बढ्नै नसक्ने अवस्था रहेकाले नेपाल मा जस्तै भारतमा पनि भारतलाई बिखण्डन गर्न सिआइएले प्लान्टेड मानिसहरु अगाडी सारिरहेको बताएका छन ।

नेपाल को तराइ बिखण्डन गर्ने  षड्यन्त्र सफल भए त्यस्को ठूलो मूल्य भारतले चुकाउनु पर्ने भन्दै , चिनको समृद्धिको कुन्ठामा भारतले पस्चिमालाई आज सम्म सघाउने आएको कुरामा चिन प्रष्ट रहेको भएपनि भारत र चीन बिच सङ्काको सम्बन्ध भने राम्रै भएकाले भारतले आमेरिका र चिन दुबैलाई सगाइरहने अवस्था धेरैदिन नरहने र भारतले पस्चिमा योजनामा काम गर्ने मुर्खता गर्ला भन्ने आफुलाइ बिस्वास नरहेको समेत बताएका छन । सिआइएले प्रचण्डले बिगतमा गरेको युद्ध अपराध को त्रासको तरवार निरन्तर प्रचण्डका घाटिमा तेर्साइरहेको ले प्रचण्डले आफू बाच्नकालागी जस्तासुकै हर्कत गरिरहेको भएपनी केपि ओलि को राजनैतिक बिरासत प्रचण्डको जस्तो कमजोर नभएको ले अहिले सिआइएकालागी केपी भन्दा प्रचण्ड सजिलो भएकोले केपी को दुई बर्से अवधी पुराहुनासाथ अबिस्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने र प्रचण्ड नेतृत्वमा सरकार बन्ने सगै अहिलेको नेकपा टुक्रा टुक्रा भएर बिभाजित हुने स्थिती रहेको समेत बताएका छन ।

प्रतिक्रिया