चैत्र २३, काठमाडौं । नेपालमा एक पछि अर्को घटना घट्दै गइरहेको अवस्था छ । कहिले दुर्घटना त कहिले दैवी विपत्ति । हालै नेपालको पूर्वी तराईमा हावाहुरीले ठूलोमात्रामा जनधनको क्षति गराएको छ । शनिवार बिहानको वातावरण पनि काठमाडौं बासीको लागि भयकर रह्यो । प्रकृतिमा विपतका लक्षण देखिँदै जाँदा ज्योतिषीले भनेका भविष्यवाणीहरु पनि बाहिर आइरहेका छन् । विभिन्न खालका घटना दुर्घटना तथा दैवि विपत्ति पर्ने भविष्यवाणी ज्योतिषीले पहिलानै गरेको प्रमाण पाइएको छ । विभिन्न खालका घटना दुर्घटना तथा दैविविपत्ति हुने ग्रहयोग भएको बताएका रैछन् चर्चित ज्यो. दीपक सुवेदीले । उनले सो कुरा चैत्रको पहिलो हप्तातिर नै बताएका रैछन् ।
ज्यो. सुवेदीले आफ्नो फेसबुक तथा एस्ट्रोलोजर दीपक गुरु नामको युट्युब च्यानबलमार्फत सो कुरा बताएको रेकर्ड भेटिएको हो । मिडियालाई प्राप्त समाचारमा चर्चित ज्यो. सुवेदीले विगत केही वर्ष यता विभिन्न खालका भविष्यवाणी गर्दै आएको र उनले गर्ने गरेको भविष्यवाणीहरु मिल्ने गरेको बताइएको छ ।
ज्यो. सुवेदीले ग्रहगोचरको योगले विभिन्न खालका घटनादुर्घटना तथा दैवी विपत्ति पर्ने बताएका छन् । उनले के बताएका थिए भन्ने कुरा जस्ताको तस्तै तलका लिंकमा हेर्न सक्नु हुनेछ ।
प्रतिक्रिया