काठमाडौं, २३ चैत । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा अब अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न हट्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जानकारी दिए ।
यसअघि एसएलसीको लब्धाङ्कपत्रमा पनि अनुत्तिर्ण विषयमा स्टार चिन्ह राखिने गरिएकोमा हटाईएको थियो । हाल भने एसईई ग्रेडिङ सिस्टममा सञ्चालित छ ।
प्रतिक्रिया