आम्ना सफिकको नाममा आचार्य थपियो ! आम्ना सफिक आचार्य नेपाली भईन ! सुदिनसंग बिहे गरेको १ महिनामा नै यसरी पाइन् नागरिकता

इनेप्लिज २०७५ चैत ६ गते ११:१७ मा प्रकाशित


बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् । नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको जिप्रकाले जानकारी दिएको छ । सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

आइतबार प्रजिअ खरेल आफैंले आम्नालाई नागरिकता हस्तान्तरण गरेका थिए । नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्ने छ । सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए । बिहेमा सुधिनका बुबा टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित भएका थिए । आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् ।

उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थाई बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् । उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् ।

प्रतिक्रिया