स्थलगत रिपोर्ट: नेकपाका एक नेता द्वारा आफ्नी प्रेमिकाको हत्या। स्थानियले पोखे आक्रोश।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २९ गते ०:१६ मा प्रकाशित

११ दिन देखि हराइ रहेकी मोरङ बेलबारी ४ कि रमिला राई को स्थानिय नेकपा का नेता, पुर्व नेकपा एमालेका नगर अध्यक्ष योगेन्द्र गुरुङले हत्या गरेको भन्दै परिवारले इलाका प्रहरी कार्यलयमा किटानी जाहेरी दिए पछि प्रहरीले फरार रहेका गुरुङलाई इलामको एक घरमा लुकिरहेको अवस्थामा गिरफ्तार गरि अनुसन्धान गरिरहेको स्थानिय जनता र प्रहरी अधिकारीहरुले बताएका छन । बिगत छ बर्स यता रमिला र गुरुङ प्रेम सम्बन्धमा गासिएको र परिवारलाई समेत सो विषयमा पहिले देखिनै जानकारी रहेको ले गुरुङ रमिलाको घरमा आइजाइ गर्ने र रमिला पनि गुरुङ को घरमा जाने गरेकोले रमिलाको परिवारले गुरुङ र रमिलाको प्रेमलाइ स्विकार गरेका थिए । गुरुङ प्रती धेरै माया र बिस्वास गरेका रमिला र उन्का परिवारले गुरुङलाई परिवारको आफ्नै प्यारो सदस्य को रुपमा हेर्दै आएको ले रमिला र गुरुङ कहिजादा घुम्दा वा घर आउदा उनिहरु स्वतन्त्र नै थिए ।

यहि क्रम मा एघारदिन अगाडी साझको समय रमिलालाई आफ्नो गाडिमा राखेर रमिलाको घरबाट निस्किएका गुरुङ ले भोलि पल्ट आफै प्रहरिलाई आफ्नो प्रेमिका हराएको भन्दै प्रहरिलाइ हुलिया टिपाए पछि प्रहरी ले सुरुमै उनी प्रती नै प्रहरी ले संका गरेको थियो । यसै क्रममा रमिलाका परिवार प्रती पनि नेकपा नेता गुरुङ ले संकास्पद व्यवहार गरेपछी परिवारले किटानी जाहेरी दिएको खुलासा गरे। किटानी जाहेरी लगत्तै प्रहरी ले गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्दा बेलबारी प्रहरिको प्रारम्भिक अनुसन्धान मै गुरुङ ले आफुले रमिलाको हत्या गरेको र बोरामा हालेर सप्तकोसी नदिको २९ न ढोका बाट नदिमा फालेको बयान दिएको प्रहरी श्रोतले परिवार र स्थानिय लाई जानकारी दिएको परिवार र स्थानियले बताएका छन । तर गुरुङ ले दिएको बयान का आधारमा रमिलाको शव खोज्न गएको प्रहरी ले रमिलाको नभइ फरक मानिसको लास फेला परेपछी स्थानीयले गुरुङ ले प्रहरीलाई झुटो बयान दिएको हुन सक्ने आसङ्का ब्यक्त गर्दै गुरुङ ले हत्या गरेर लास अन्यत्रै गायब गरेको हुन सक्ने आसङ्का ब्यक्त गरेका छन ।

प्रतिक्रिया