श्रद्धाञ्जलीमा परिवारमात्र हैन सारा टुडिखेल रोयो(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १८ गते १२:०३ मा प्रकाशित

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनालाई शुक्रबार विहान ८ बजेदेखि श्रद्धाञ्जली दिन सुरु भएको थियो ।श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको थियो ।

मन्त्री अधिकारीको पार्थिव शरीरलाई काठको बाकसमा राखिएको छ ।मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका थिए। श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव परिवारलाई बुझाइयो ।

प्रतिक्रिया