४ बर्ष पछि राजेश हमाल र उजेलीको जम्का भेट: राजेशले यसरी सम्झाए..,उजेलीले पोखिन् दुखेसो।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १५ गते ०:३३ मा प्रकाशित

 

राजेस हमाल र उजेली तामाङको चार बर्ष पछि आज पुन भेट भएको छ । उजेली को जीवन कथाका एक पात्र बनेका राजेस हमाल उजेली अध्ययन गरिरहेको स्कुलको एक कारेक्रममा अतिथिको रुपमा सहभागी बन्न बिधालय पुगेका थिए । केही समय अघि एक अनलाइन अन्तर्वार्ता मा उजेली ले राजेस हमाल सग भेट्ने इच्छा ब्यक्त गरेपछी बिद्यालयको निमन्त्रणामा राजेस हमाल उजेली को विद्यालयमा पुगेका छन ।

उजेली र राजेस हमालले मिडियामा संयुक्त अन्तरवार्ता दिदै उजेली को जीवनमा आएको परिवर्तन र मुहारको खुशी हरेक बालबालिका को जीवन मा आउन सके मात्र देश को साचो बिकास हुने कुरा नायक हमालले बताउनु भयो भने उजेली ले अझै पनि आफ्नो गाउमा धेरै बालिकाहरु को स्थिती दयनिय र अन्धकार बनिरहेको भन्दै आफ्नो चार बर्ष अघि राजेस हमाल सग भेट नभएको भए र राजेस हमालले आफ्नो बाल बिबाह नरोकी दिएको भए आफ्नु जीवन अन्धकार हुने थियो भन्दै अहिले राजेस हमालकै कारण सबै इच्छा र खुसी मिलिरहेको बताएकी छन । भने उजेली र हमाल दुबैले भेट्मा खुशीयाली साटासाट गरेका छ्न ।

प्रतिक्रिया