बमजन बारे आनी छोईङ डोल्माको यस्तो भनाई दोषी पुष्टि भएमा…।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ११ गते २:०८ मा प्रकाशित

बौद्ध धर्म अनुयायी ,समाजसेवी एवम गायक आनि छोइङ डोल्माले कोहि बुद्ध को खास अनुयायी हो भने उस्ले कहिलै गलत काम गर्नै नसक्ने बिस्वास ब्यक्त गर्नु भएको छ । रामबहादुर बमजन को आश्रमबाट हराइरहेका आनिहरु बारेको प्रश्न मा वहाँ यदि आश्रम मा त्यस्तो भएको भए त्यो दुखद कुरा भएको भन्दै गलत गरेको हो भने उस्ले कानुनको सजाय बाट उम्कन नमिल्ने बताउनु भएको छ ।

राजनीतिका बारे धेरै कुरा गर्न नरुचाउने आनिले हरेक कुरा नकारात्मक मात्र बुझ्न नहुने भन्दै यदि राजनीति बिग्रेको हो भने जनता पनि नेता बराबर दोसि भएको उल्लेख गर्नु भयो ।घृणा ,द्वेस,रिस राग , लोभ ,ईर्ष्या ले मानिसलाई दुखी बनाएको उल्लेख गर्दै मानिस ज्ञान को खोजीमा सत्य मार्गको पहिचान नै गर्न नसकेर अलमल र दुखमा रुमलिएको भन्दै मानिस एक ज्ञान को सहि पहिचान मा फर्कनु आज जरुरी भै सकेको उल्लेख गर्नु भएको छ । प्राणी सेवामा समर्पित भएर जिउनु को आनन्दले आफू खुशी र सुखी रहेको भन्दै यहि सेवाभावमा लागिरहन आफ्ना गुरुले प्रदान गरेको आशिर्वाद नै आफ्नो जीवन को अमुल्य निधि भएको बताउनु भयो ।

प्रतिक्रिया