अलौकिक माताको भविश्यवाणी: राजा र सेना मिलेर राजतन्त्र फर्किन्छ,मेघा बारे भनिन यस्तो|(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ८ गते ११:३२ मा प्रकाशित

आफुमा अलौकिक शक्ति छ भन्दै बिचबिच मा कहिले भबिस्यबाणी त कहिले सुरक्षा चिन्ता लगायत का विषयहरुले चर्चामा आइरहने माता सबिता सरु आचार्य अहिले फेरि अपरिचित ब्यक्तिले दुधमा विस मिसाएर आफुलाइ मार्न षड्यन्त्र गरेको भन्दै चर्चामा आएको केही दिन नबित्दै फेरि अहिले अर्को अपरिचित ब्यक्तीले हतियार जस्तो बस्तु लिएर आफुमाथी सङ्कासपद व्यवहार देखाएको र गाली गलौज गरेको भन्दै प्रहरी सग सुरक्षा सहित छानबिनका लागि निवेदन गरेकी छ्न ।

सबिता सरु आचार्यका यस्ता क्रियाकलाप परे प्रहरी समेत चकित पर्न थालेको नाम नबताउने सर्तमा एक जवान ले बताएका छ्न भने सबिता माताले भने आफू सगको अलौकिक शक्ति ले आफुले भबिस्य अगाडी नै देख्ने गरेको भन्दै उनले भर्खरै किनेको डेडकरोड को उन्कै निवासमा पुगेको एक मिडिया सग कुरा गर्दै मुलुकमा ठूलो रक्तपात हुने र राजा र सेना मिलेर मुलुकमा राजतन्त्र फर्कने भबिस्यबाणी गरेकी छन । हिमानी साह , पुर्व राजा ज्ञानेन्द्र साह र राज परिवार, माधव नेपाल ,कृष्ण बहादुर महरा ,राजेन्द्र महतो , रेखा थापा , रबि लामिछाने लगायत धेरै प्रतिस्ठित ब्यक्तिहरु आफ्ना भक्त भएको बताउने उन्ले प्रती ब्यक्ती १५०० रुपैया असुलेर मानिसका भबिस्य र दसा ग्रह हेर्दै आएकी छन भने उन्कामा हेराउन आउनेहरु दैनिक४० देखि ५० जनाको भिड लाग्ने गरेको छ ।उन्ले मेघा घिमिरे बारे पनि केही भबिस्यबाणी गरेकी छन ।

प्रतिक्रिया