खर्बौको बिदेशी सामान आयात गर्ने तर नेपाली सामानले मुल्य नपाएर सडकमा फाल्ने यो कस्तो शासन ?

खर्बौको बिदेशी सामान आयात गर्ने तर नेपाली सामानले मुल्य नपाएर सडकमा फाल्ने यो कस्तो शासन ?

इनेप्लिज २०७५ माघ १८ गते १२:०७ मा प्रकाशित

काठमाडौँ: चितवन खैरहनी नगरपालिका ६ को तुलसीपुर गाउँका किसानको खेतको बन्दा दुई रुपैयाँ किलोमा पनि बिक्न गाह्रो भएसंगै बन्दा बिक्री हुने आशा सकिएको भन्दै गत शुक्रबार दिउँसो एक्साभेटर चलाएरै खेतबाट बन्दा हटाएको बिषय यतिबेला चर्चाको बिषय बनेको छ । अर्थ विश्लेषक तथा युवा अभियन्ता ज्ञानेन्द्र शाही स्वदेशी उत्पादनले बजार नपाउनु निकै दुखद भएको बताउछन । विश्लेषक शाहीले ५ महिनामा १३ अर्बको प्याज, बन्दागोभी, काउली लगायतको कृषिको सामान भारतबाट आयात गरिएको अवस्थामा नेपाली कृषकले २ रुपैया प्रतिकेजी बन्दा बेच्न नपाएर सडकमा फाल्नुमा राज्यको सिस्टम नै खराब हुनु प्रमुख कारण भएको बताएका छन।

बिचौलियाको रजगजको कारण कृषक सधै मारमा परिरहेको र सरकारले बिचौलियालाई कानुनि दायरामा ल्याएर कारवाही गर्न नसकेको कारण यस्तो स्थिति आगामी दिनमा पनि आइरहने उनले बताए। इन्डियन सामान २ रुपैयाको भएतापनि नेपाल भित्राउने र नेपालमा खेर जाने सामान समेत इन्डियामा निर्यात गर्न नसकेको कारण कृषि क्षेत्रमा परिवर्तन आउँ नसकेको उनको ठम्याई छ। सरकारी कर्मचारीको मिलोमतोमा नै नेपालको उद्योग कलकारखाना सिध्याउने काम भैरहेको भन्दै यस्तो प्रवृत्ति अन्त्य नभएसम्म देशमा सम्वृद्धि नआउने उनले बताए।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया