डिसीमा सरकारले खोसेको तमु ल्होछारको सार्वजनिक बिदा पुन:फिर्ता गर्नु पर्ने जोडदार माँग (तस्बिर तथा श्रब्य दृश्य सहित )

विजय थापा २०७५ पुष १७ गते १४:५३ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा सम्पन्न तमु ल्होछार पर्वमा सरकारले खोसेको तमु ल्होछार पर्वको सार्वजनिक बिदा पुन:फिर्ता गर्नु पर्ने जोडदार माँग भएको छ । गत पौष १५ का दिन आयोजना भएको तमु ल्होछार पर्वमा गुरुङ समुदाय द्वारा उक्त माँग जोडदार रुपमा सरकारका प्रतिनिधि समक्ष राखिएको छ ।

https://www.facebook.com/enepalese/videos/215032326093738/

साथै उक्त पर्वमा सरकारले गुरुङहरुको महान पर्वमा प्रदान गरेको सार्वजनिक रुपमा दिएको बिदा हटाएकोमा दुख व्यक्त गरेको छ । र उक्त पर्वमा नेपाल सरकारको प्रतिनिधिका रुपमा प्रमुख अतिथि रहनु भएका अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की( बिद्या वारिधि ) तथा साथै निजि भ्रमणमा रहनु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बाग्लुङ्ग क्षेत्र संख्या २ का सांसद देवेन्द्र पौडेल संग उक्त माग्न राखिएको हो ।

https://www.facebook.com/enepalese/videos/1975423856092823/

दुवैलाई यसको पहल गरि दिन समेत आग्रह गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बाग्लुङ्ग क्षेत्र संख्या २ का सांसद देवेन्द्र पौडेलले उक्त कुरा जोडदार रुपमा आफूले कुरा सम्बन्धित स्थानमा पुर्याउने बताउनु भयो ।

उक्त जोडदार मांग ग्रेटर वाशिंगटन तमु समाजका पूर्व अध्यक्ष तथा तमु ल्होछार पर्व २०१८ मूल आयोजक समितिक संयोजक नन्द कुमार गुरुङ, अध्यक्ष सुरेन्द्र गुरुङ तथा समाजका सल्लाहकार नेत्र गुरुङले आफ्नो समाज तथा अमेरिकाका सम्पूर्ण समाजको तर्फबाट उक्त उठाउनु भएको थियो ।

https://www.facebook.com/enepalese/videos/927858747602575/

हरेक बर्ष पौष १५ कै दिन ल्होछार पर्व मनाउदै आएको उक्त पर्वमा मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता मोनिका घले तथा चर्चित गायिका अन्जना गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बीच प्रसिद्ध गायक बिन्ति कुमार गुरुङको सिडी बिमोचन पनि गरिएको थियो । उक्त कार्यकम मै भर्जिनियाको हर्नडन शहर बाट हर्नडन नगर पालिकाको नगर परिषद परिसद सदस्यमा बिजयी हुनु भएको प्रदिप ढकाललाई पनि प्रमुख अतिथि राजदुत कार्कीले खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

प्रमुख अतिथि राजदुत कार्की तथा बिशेष अतिथि देबेन्द्र पौडेलले शुभकामना सहित ल्होछार पर्वको बारेमा बोल्नु भएको थियो । ल्होछार पर्वको सभापतित्व सुरेन्द्र गुरुङले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्च्यात अन्जना गुरुङ लगायत स्थानीय कलाकारहरु द्वारा बिभिन्न प्रस्तुति गरिएको थियो । उक्त कार्यकममा न्यू योर्क तमु परिवारले प्रस्तुत गरेको घाटु नृत्य आकर्षित रहेको थियो ।

नेपालका राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतिको साथै अमेरिकामा जन्मेका दोश्रो पुस्ताको नेपाली गीतमा केसी डान्स सेन्टरका बिधार्थी लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा ससाना बालबालिका देखि ८० बर्ष सम्मका जेष्ठ नागरिकहरुले नेपाली दौरा सुरुवाल तथा गुरुङ जातिका पोशाक लगाएर सहभागिता जनाएका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया