एनआरएनए अमेरिकालाई कसरी बलियो बनाउने भन्दै संघ द्वारा राय सुझावको माग

इनेप्लिज २०७५ मंसिर १७ गते ११:५३ मा प्रकाशित

गैर आबाशिय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो १ बर्षे कार्यकाल पूरा गरेकोमा संस्थालाइ थप बलियो र प्रभावकारि बनाउन सुझाब माग गरेको छ ।
गैर आबाशिय नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रयासरत संघले अब आउने नया नेतृत्वका लागि बहश,छलफल र सदस्यता नविकरण तथा नया सदस्यताको पनि आब्हान गरेको छ ।

अध्यक्ष डा केशब पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा संघलाई अझै ब्यस्थित बनाउन सबैको सहयोेग पनि गर्न अपील गरिएको छ ।
‘बर्तमान कार्यसमितिको काम कारबाहि कस्तो भैरहेको छ,तपाईहरुको थप सल्लाह सुझाब के छ ,संघलाइ आगामी दिनमा कस्तो बनाउनुपर्ला ? ’सो अपील पत्रमा भनिएको छ ।

हेरौं अपील पत्र ः

 

प्रतिक्रिया