भ्याल्ली भ्यु इंग्लिश बोर्डिंग स्कुल मध्य बानेश्वरमा भएको उपत्यका ब्यापी अन्तर बिद्यालय स्तरिय कविता प्रतियोगितामा प्रथम भएको कबिता युट्युब मार्फत आए पछि उनको चर्चा एकाएक चुलिदै गएको छ। कबितामा राखिएका शब्द अनि भाव, प्रस्तुतीकरण शैली अनि हाउभाउ उनका प्रस्तुतिका आकर्षणका केन्द्रबिन्दु हुन् ।
शब्द अनुसार आफ्नो अनुहार तथा शरीरलाइ ढाल्न सक्ने खुबीकै कारण उनका कविता चर्चामा आउन थालेका छन्। युवा बर्गलाई समेटेर कविता लेख्ने समिक्षाले सबैबाट सहयोग पाएको खण्डमा नेपालको राष्ट्रिय गहना बनि नेपालको नाम अन्तराष्ट्रियस्तरमा चिनाउनेमा कुनै दुईमत छैन।
उनी अध्ययनरत नेक्सस बिद्यालय र शिक्षक कमल कटुवालको प्रशिक्षणबाट आफ्नो प्रतिभालाई निखार्ने अवसर पाएको बताउदै समिक्षाले कबिता मात्र नभएर गीत र भाषण समेत दिन सक्छिन।
पढाईमा मात्र सिमित नभएर खेलकुद लगायत अतिरिक्त क्रियाकलापलाई पनि संगै अगाडी बढाउन सके जीवनमा सफलता हासिल हुने उनको ठम्याई रहेको छ। समसामयिक विषयवस्तुलाई आफ्नो मानसपटलमा कैद गरिहाल्ने समिक्षा पछिल्लो समय नेपालमा देशभक्ति कम हुँदै गएको बताउदै हात्तीको देखाउने दाँत जसरी देशभक्ति देखाउनेहरु देशभक्त नहुने बताउछिन।
प्रतिक्रिया