डिसीमा चर्चित कलाकार द्वय शिवहरि पौडेल तथा रमेश बुढाथोकी को प्रस्तुति हुने

इनेप्लिज २०७५ साउन ९ गते १:३४ मा प्रकाशित

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा समर कमेडी नाइट २०१८( ग्रीष्म कालिन हास्य व्यंग्य रात्री २०१८) हुने भएको छ ।

ग्रीष्म कालिन हास्य व्यंग्य रात्री २०१८ लाई संयोजन गरि रहेका डिसी क्षेत्रमा बसोबास गर्दै आएका कलाकार पुस्कर पन्त का जानकारी अनुसार पूर्ण रुपमा मनोरन्जनात्मक कार्यक्रम रहेकोले सबैलाई सहभागी हुन् आग्रह गरेका छन् ।

भर्जिनिया को फेयर फ्याक्स शहरमा आगामी जुलाई २८ का दिन शनिबार कार्यक्रम हुने छ भने रात्री भोजन सहित $ २५ डलर प्रवेश शुल्क राखिएको छ ।

उक्त ग्रीष्म कालिन हास्य व्यंग्य रात्री २०१८ मा नेपालका राष्ट्रिय कलाकारहरु शिवहरि पौडेल ,रमेश बुढाथोकी तथा पुस्कर पन्त ,राजेश नाथ ,अङ्कित अग्रवाल ,अर्जुन दाहाल , नृत्यांगनामा सरु परियारको बेजोडको प्रस्तुति हुने छ ।

कार्यक्रम शनिबार साँझ ७ बजे देखि सुरुवात हुने छ । कार्यक्रम आयोजक अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो रहेको छ ।

प्रतिक्रिया